बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सञ्चालन « Khabarhub

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सञ्चालन


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी – यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए ।

उनले भने, “लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो । मर्मत गरेर आजदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ ।”

वर्षाका कारण प्रभावित भएको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १० : ५४ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा