आज यी ठाउँमा पर्‍यो भारी वर्षा « Khabarhub

आज यी ठाउँमा पर्‍यो भारी वर्षा


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष बुलेटिन जारी गरी पश्चिम नेपालमा भारी वर्षाको चेतावनी दिएको थियो ।

सोही अनुसार पश्चिम नेपालका कैलालीलगायत जिल्लामा अत्यधिक वर्षपछि बाढी आउँदा जनजीवन प्रभावित भयो । यद्यपि आजबाट पश्चिम नेपालमा ठूलो पानीबाट हुने जोखिम हट्दै गएको भन्दै विभागले अबको तीन दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने जानकारी दिइएको छ ।

कहाँ कहाँ पानी पर्यो ?

आज धेरै स्थानमा सामान्य, मध्यम र केही क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज साँझ ७ बजेको सूचनाअनुसार मकवानपुरस्थित बागमती राइगाउँ जलमापन केन्द्रमा जलसतह साबिकभन्दा एक दशमलव सात मिटरमाथि रहेको र सो क्रम बढ्दो अवस्थामा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै आज नवलपरासीपूर्वस्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स–साना नदीहरूमा बाढीको जोखिम हुनसक्ने भएकाले डुबान हुने होचा स्थानका नागरिकलाई सचेत हुन भनिएको छ ।

आज सिन्धुपाल्चोकस्थित गुमथाङ वर्षामापन केन्द्रमा मध्यम वर्षामापन भएको थियो । आजै साँझ चितवनस्थित शक्तिखोर, नारायणी फिल्ड अफिस, कल्याणपुर वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षामापन भएको थियो ।

यस्तै, मकवानपुरस्थित मकवानपुरगढी, हेटाँैडा, हात्तीसुँडे, बारास्थित अमलेखगञ्ज तथा सर्लाही धनुषा र सिन्धुलीका केही क्षेत्रमा पनि वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ११ : ०० बजे

एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं – एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति

काठमाडौं – सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

सप्तरी – मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

धनुषा – विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न