आज २०८१ साल असोज २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २८ गते सोमबारको राशिफल


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर १४ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानी बढ्नेछ। साथीभाइले खुट्टा तान्ने जोखिम छ। काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। राज्यको तर्फबाट भय हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुनेभएकाले सचेत बन्नु राम्रो हुनेछ। अध्ययन अध्यापनमा जोश र जाँगर बढ्नेछ। आफूभन्दा माथिल्लो निकायले साथ नदिने भएकाले सचेत बन्नुपर्नेछ। भाग्यको स्थानमा चन्द्रमा भएकाले खानपानमा रमाइलो दिन छ।

मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ। गलत शब्द बोलिने जोखिम भएकाले बोल्दा विशेष ध्यान दिनुपर्छ। आफ्ना भनिएका साथी नै विपक्षीको कित्तामा भएकाले सचेत बन्नु राम्रो हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा मेलमिलाप हुने योग छ।

कर्कट : अढैया शनिका कारण मनमा खटपटी बढेको छ। तपाईंको पक्षमा समाज रहेको छ। संगठनले पनि तपाईंको पक्षमा काम गर्नेछ। परिवारमा जमघट हुने दिन छ। भाग्यको स्थानमा शुक्र घुम्दैछन्। व्यापारमा लाभ हुनेछ।

सिंह : धनस्थानमा शुभग्रह भएकाले सम्पत्तिको मेलो मिल्नेछ। दाजुभाइको सल्लाहमा अगाडि बढेका काम सफल बन्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आफन्तसँगको भेटले मन शान्त र हलुका हुनेछ।

कन्या : तपाईंको आम्दानी बढेको छ। आम्दानीको सदुपयोग गरेमा तपाईंको प्रशंसा हुनेछ। परिवारमा बढी विश्वास गरे घातक हुनसक्छ। प्रेम सम्बन्धमा उतारचढाव आउने दिन छ।

तुला : बोलीमा मिठासता आउने छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारसँगको जमघटमा दिन रमाइलोसँग बित्नेछ।

वृश्चिक : दिन रमाइलो छ। आम्दानीका स्रोत दरिला छन्। खानपानमा भने रुचि नबढ्ने भएकाले स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : तृतीय भावमा चन्द्रमा रहेकाले दिन राम्रो छ। तपाईंको अध्ययन र अध्यापनको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध दरिलो बन्नेछ।

मकर : धनलक्ष्मी योग परेकाले लगानीका स्रोतबाट राम्रो आम्दानी हुनेछ। अध्ययनमा राम्रो नतिजा प्राप्त हुनेछन्। रोगबाट मुक्ति पाउने दिन छ। समाजमा नाम र दाम रहनेछ। सामाजिक काममा तपाईंको प्रशंसा हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। आज खान मन नलाग्ने हुनसक्छ। यो सबै शनिको दोष हो। शनिदेव ३, ६ र ११ औं स्थानमा भए राम्रो फल प्राप्त हुनेछन्। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। १२ औं भावमा चन्द्रमा पुगेका छन्। बिहान उठेर गणेश भगवानको स्मरण गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सहज बन्ने दिन छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उत्साह बढ्ने योग छ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ५ : २० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि