ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार « Khabarhub

ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया – शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्‍यालीको ठिक बाहिरबाट एक व्यक्ति बन्दुकसहित गिरफ्तार भएका छन्।

अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार उनी नक्कली पास बनाएर त्यस कार्यक्रममा पुगेका थिए। लास भेगासमा ४९ वर्षीय भर्न मिलरलाई एसयुभी (स्पोर्ट युटिलीटी भेइकल) बाट गिरफ्तार गरिएको हो।

त्यहाँको कानुनी निकाय सेरिफ अफिसले घटनाले ट्रम्प र उनको कार्यक्रममा उपस्थितको सुरक्षामा कुनै समस्या नआएको जनाएको छ। मिलरलाई त्यसपछि पाँच हजार अमेरिकी डलर धरौटीमा रिहा गरिएको हो।

आइतबार त्यहाँको कानुनी निकायले गरेको जानकारी अनुसार ती व्यक्ति ट्रम्पकै समर्थक थिए। यसअघि दुई पटक आक्रमणबाट बचेका ट्रम्पमाथि हुनसक्ने अर्को आक्रमणको जोखिम देखेर उनी त्यहाँ निगरानी गरेर बसेको अनुमान छ।

त्यसैगरी निर्वाचनको पूर्व सन्ध्यामा धेरै समाचार संस्था अन्य निकायले कसैको पनि प्रस्ट अग्रता देखाएको छैन। औसतमा उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा ५० प्रतिशत तथा डोनाल्ड ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ।

एबिसी न्युजले थर्ड पार्टी क्यान्डीडेटलाई समेत सामेल गरेर गरेको सर्वेक्षणमा ह्यारिसको पक्षमा ५० प्रतिशत तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको थियो। राष्ट्रसितका उम्मेदवारको तुलनाको सर्वेक्षणमा भने ह्यारिसको पक्षमा ५१ तथा ट्रम्पको पक्षमा ४८ प्रतिशत थिए।

एनबिसी न्युज पोलले आइतबार गरेको सर्वेक्षण अनुसार ट्रम्पको पक्षमा ४७ तथा ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको थियो। यी दुई उम्मेदवारलाई मात्र सहभागी गराउँदा भने दुवैको ४८ प्रतिशत मत थियो। विभिन्न सर्वेक्षणलाई हेर्दा निर्वाचन परिणाम अनिश्चित नै देखिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ५ : ४७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको