हिजबुल्लाहको आक्रमणमा चार इजरायली सेनाको मृत्यु « Khabarhub

हिजबुल्लाहको आक्रमणमा चार इजरायली सेनाको मृत्यु


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना इजरायली सेना मारिनुको साथै ५० भन्दा बढी घाइते भएका छन्। गत अक्टोबरमा युद्ध सुरु भए यता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा सो आक्रमण भएको थियो। घटनामा ७ सैनिक भने गम्भीर घाइते भएका छन्।

बिहीबार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

शान्ति मिसनमा ४० देशका सेना कार्यरत छन्। लेबनानमा प्रवेश गरेको दुई वटा ट्याङ्क भने आइतबार साँझ नै इजरायलमा फर्केको छ। इजरायलले हिजबुल्लाहलाई फेरि दक्षिणी लेबनानको गाउँमा आउन नदिने बताएको छ।
यसैबिच आइतबार गाजामा इजरायलले गरेको आक्रमणमा १३ बालबालिकासहित ४१ जनाको ज्यान गएको छ।

गाजाको नेसुरिइत शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको थियो।

आइतबार हिजबुल्लाहका नेता हसन नरसल्लाहको भिडियो सन्देश सार्वजनिक भएको छ। सो सन्देशमा आफ्ना व्यक्ति, परिवार देश, मूल्य र मान्यताका लागि लड्न आह्वान गरिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : ३० बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको