आज २०८१ साल कात्तिक २९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २९ गते बिहीबारको राशिफल


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २९ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर १४ तारिख। कात्तिक शुक्ल पक्षको त्रयोदशी उपरान्त चर्तुदर्शी तिथि। बैकुण्ठ चतुदर्शी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज रहेको छ। साथीको सहयोग मिल्नेछ। मनमा राम्रा भावना उर्लने छन्। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ।

वृष : बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। आफूभन्दा सानाको आदर गरेमा तपाईंको नाम दाम दुवै रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन राम्रो छ। आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनसक्छ। कर्तव्य मात्र पूरा गरेर अगाडि बढेमा फाइदा हुनेछ। बन्धु र परिवारको साथ मिल्नेछ।

कर्कट : दिन राम्रो छ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा थोरै बोलेर जित्ने योग छ।

सिंह : आफ्नो भाग्य आफैले निर्माण गर्ने भएकाले आफ्नो काममा केन्द्रित हुनुपर्नेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ।

कन्या : लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिमा तपाईका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ। न्यायपूर्वक प्रतिवाद गर्नुपर्ने आवश्यकता छ।

तुला : दिन सहज छ। श्रमको मूल्यांकन हुनेछ। गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारसँग बसेर रमाउने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ। धार्मिक अभियान्तसँगको सहकार्यले दिन सहज बन्नेछ। बिहान गणेशको भजन सुनेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। थोरै लगानी भए पनि अम्दानी बढ्नेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा घुमघामको कार्यक्रम तय हुनेछ।

मकर : सानो कुराले मन अशान्त बन्नेछ। सञ्चित धनको खर्च हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुनेछ। महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गर्नु राम्रो हुन्छ। परिवारमा खटपटी बढ्नेछ।

कुम्भ : शुभग्रहको बहुमत रहेकाले दिन सहज बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ। बिहान शिवको भजन मात्र सुनेमा दिन शान्त बन्नेछ।

मीन : मनमा राम्रा भावनाको विकास हुनेछ। त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो अवसर मिल्नेछ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ५ : ११ बजे

चौबिस दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान