‘भाइरल’ पुलमा पर्यटकको आकर्षण « Khabarhub

‘भाइरल’ पुलमा पर्यटकको आकर्षण


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दाङ – तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल। चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ। यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो। यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ। हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन्। यसपटक दशँतिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ।

यसपटक दशैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो। त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाया र पुलको आकर्षण थप बढाउने गरेको छ। त्यही दृश्य हेर्नका लागि मानिसहरू आउने र त्यसैमाथि तस्बिर खिचेर आनन्द लिने गरेको देखिन्थ्यो।

पछिल्लो समय यस पुललाई ‘भाइरल’ पुलका रूपमा चिनाउने गरिन्छ। जहाँ स्थानीय मात्रै होइन सल्यान, रुकुमलगायत जिल्लाबाट समेत फोटो खिच्न तथा दृश्यावलोकन गर्न आउनेको सङ्ख्या बढ्दो छ।

सल्यानकी शारदा केसीले सामाजिक सञ्जालका दृश्य तथा विभिन्न व्यक्तिले गरेको चर्चा सुनेर आफू पनि यहाँ आउन बाध्य भएको बताइन्। “सामाजिक सञ्जालमा तस्बिर र भिडियो देख्यौँ, त्यही देखेर हामी यहाँ आएका हौँ”, केही दिनअघि यहाँ भेटिएकी उनले भनिन्,“यहाँ आउँदा राम्रो लाग्यो, अब यसलाई अन्य पर्यटकीय पूर्वाधारसहित पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक छ।”

केसीले यहाँ अवलोकन गर्ने आउनेहरूको सहजताका लागि चमेना गृह, शौचालय, विश्रामस्थललगायत संरचना निर्माण गर्नसके स्थानीयहरू समेत लाभान्वित हुने बताइन्।

विसं २०७९ सालमा निर्माण भए पनि यसपटक पुल चर्चा धेरै भएको तुलसीपुर—११ का ५५ वर्षीया मोहनी लामिछाने बताउँछन्।

तीन करोडको लागतमा निर्माण भएको उक्त पुलको लम्बाई चार सय मिटर छ। पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुलले तुलसीपुर बजार जोडिनका लागि पनि सहज बनाएको स्थानीय करविर चौधरीले बताए। उनका अनुसार विगतमा बबई नदीमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता थियो तर पुल बनेपछि सहज भएको छ। पछिल्लो समय स्थानीय नागरिकलाइर्ए जोड्ने मात्र नभइ टाढाका नागरिकको मनोरञ्जन स्थलका रूपमा समेत विकास हुन थालेको र अब यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने चौधरीको सुझाव छ।

उपमहानगरपालिका–११का वडाध्यक्ष मानबहादुर रावतले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूहरूले पहल सुरु गरिसकेको बताउँछन्। त्यसका लागि वडावासीबाट धेरैपटक छलफल गरी सुझावका आधारम गुरुयोजना बनाउने तयारी गरिएको उनले जानकारी दिए।

यो झोलुङ्गे पुल तुलसीपुर बजारदेखि करिब १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : ५९ बजे

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको

सडक र सञ्जालको डर, ब्यालेटको भर

नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन एउटा ऐतिहासिक

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय