शिखर धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्ने « Khabarhub

शिखर धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्ने


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले धवनलाई टोलीमा अनुबन्ध गरेको हो।

कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट सबै फरम्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो।

धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन्।

सम्झौतापछि धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन्। ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ। यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनको भनाइसहितको भिडियो कर्णाली याक्सले फेसबुकमा राखेको छ।

कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक छन्।
मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी छन्। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ८ : २४ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड