पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो | Khabarhub Khabarhub

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ८ : ३२ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना