आइपीएल : स्टार खेलाडी आफ्नो टिममा पार्न फ्रेन्चाइजको चासो | Khabarhub Khabarhub

आइपीएल : स्टार खेलाडी आफ्नो टिममा पार्न फ्रेन्चाइजको चासो


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

भारतीय क्रिकेट टोली २४ र २५ नोभेम्बरका दिन अस्ट्रेलियासँग टेस्टको तेस्रो र चौथो दिनको खेलमा व्यस्त रहने छ। त्यसै दिन संसारको ध्यान भने साउदी अरेबियाको जेदाहमा हुनेछ। सोही दिन आइपिएल क्रिकेट २०२५ को अक्सनका लागि सबै टोली तयार हुनेछन्।

हरेक तीन वर्षमा आइपिएलका फ्रेन्चाइज टोलीले आफ्नो संरचनामा परिवर्तन गर्छन्। सो समयमा सीमित खेलाडीलाई मात्र रिटेनको मौका मिल्नेछ। यस पटक अधिकतम ६ टोली रिटेनको मौका दिइएको थियो। तीन वर्षका शृङ्खलामा भने टोलीले चाहे जत्ति खेलाडी रिटेनको मौका पाउने छन्। यसपटक सबै टोलीको पुर्नसंरचना हुने भएकाले यसलाई मेघा अक्सन भनिएको हो। मिनी अक्सन एक दिनमा सकिन्छ भने मेघा अक्सन दुई दिन हुन्छ। किनकी यसमा धेरै खेलाडी रहने गर्छन्।

यस पटकको आइपिएल अक्सनका लागि १५७४ जना खेलाडीको सूची तयार छ। यो सूची फ्रेन्चाइज र आइपिएल टोलीको सहमतिमा तय भएको हो। अहिलेसम्म कुनै मार्की खेलाडीको घोषणा भएको छैन। अन्तिम समयसम्म यसको पनि घोषणा हुनसक्ने छ।

यस पटक धेरै खेलाडी रिटेन नभएका कारण अक्सनका लागि तयार छन्। सबै भन्दा धेरै भारतीय स्टारमै चासो रहेको छ। भारतीय स्टार ऋषभ पन्त, लोकेश राहुल, श्रेयाष ऐयार, इशन किसन, रविचन्द्र आश्विन, युजेभन्द्र चावल, मोहम्मद सामी, हर्सल पटेल, आर्सदीप सिंह, खालेल अहदम , दीपक चाहर, बैंकटेस ऐयार र अभेष खान तयार छन्। यसैगरी, मुकेश कुमार, भुवनेश कुमार, प्रसिद्ध कृष्ण, टी नटराजन, देवदत्त पाणिकल, क्रुनाल पाण्डे, वासिङ्टन सुन्दर, शार्दूल ठाकुर, मोहम्मद सिराज र उमेश यादवलगायत अक्सनका लागि तयार भारतीय नाम हुन्।

विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, डेभिड वार्नर, जोस बटलर, मिचेल स्टार्क, फाफ डु प्लेसिस, कासिगो रबाडा, डेभिड मिलर, डेभिड कोन्वे, टिम डेभिड, रचिन रवीन्द्र, क्विन्टन डी कक, मार्कस स्टोनिस, साम कुरान, जोनी बारिस्ट र लियाम लिभिङ स्टोनमा सबैको चासो छ।
कुनै पनि टोलीको अधिकतम क्षमता १२० करोड भारतीय रुपैयाँ हो। रिटेनमा खर्च भएर बाँकी रहेको मध्य अक्सनका लागि खर्च गर्न मिल्ने छ।

पन्जाब सुपर किङ्ससँग सबैभन्दा बढी ११०.५ करोड भारतीय रुपैयाँ अझै बाँकी छ। रोयल च्यालेन्जर बंगलोरसँग ८३ करोड भारतीय रुपैयाँ छ। दिल्ली क्यापिटलसँग ७३ करोड, गुजरात टाइटनसँग ६९ करोड, लखनाउ सुपर जायन्टसँग ६९ करोड, चेन्नाइसँग ५५ करोड, कोलकत्ता नाइट राइडर्ससँग ५१ करोड र मुम्बई इन्डियन्ससँग ४५ करोड भारतीय रुपैयाँ बाँकी छ।

सनराइजर्स हैदरावादसँग ४५ करोड तथा राजस्थान रोयल्ससँग ४१ करोड भारतीय रुपैयाँ बाँकी छ। हरेक फ्रेन्चाइज टोली अधिकतम २५ खेलाडीको हुनेछन् भने न्यूनतम १८ खेलाडीको हुनेछन्। एक फ्रेन्चाइजमा अधिकतम ८ ओभरसिज खेलाडी हुनेछन्।

चेन्नाइका ७ ओभरसिजसहित २० खेलाडीको कोटा बाँकी छ। बंगलोरमा ८ ओभरसिजसहित २२ खेलाडी तथा हैदरावादमा ५ ओभरसिजसहित २० खेलाडीको कोटा बाँकी छ। मुम्बईमा ८ ओभरसिजसहित २० तथा दिल्लीमा ७ ओभरसिजसहित २१ खेलाडीको कोटा बाँकी छ। राजस्थानमा ७ ओभरसिज सहित १९, पन्जाबमा ८ ओभरसिज सहित २३, कोलकातामा ६ ओभरसिज सहित १९, गुजरातमा ७ ओभरसिज सहित २० तथा लखनउमा ७ ओभरसिज सहित २० खेलाडीको कोटा बाँकी छ।

आरटीएम बिड
आरटीएम बिडको मतलब हरेक टोलीले आफूमा गएको सिजन भएका खेलाडीको हकमा विशेष सुविधा पाउने छन्। उदाहरणका लागि डेभिड मिलरलाई अन्य कुनै टोलीले लिएको छ भने गुजरातले त्यसै बराबरको रकम तिरेर आफ्नो टोलीमा फिर्ता बोलाउन सक्नेछ। यसरी सुरुवाती रिटेन र आरटीएम बिड गरेर लिइएको खेलाडीको सङ्ख्या ६ भन्दा धेरै हुने छैन। पुरानो टोली यथावतै राख्ने हो भने केहीलाई आरटिएम बिड र तथा केहीलाई अक्सनमा खरिद गर्ने नीति फ्रेन्चाइजले लिने छन्।

हरेक टोलीले आरटिएमा ध्यान दिनसक्ने छन्। दिल्लीले ज्याक म्याक फ्रेजर म्याक गुरुक र मिचेल मार्स मध्ये कसैलाई आरटीएम कार्ड प्रयोग गर्ने सम्भावना प्रबल छ। यी खेलाडी पावर हिटिङ र बलिङका लागि पनि उपयुक्त भएका कारण आरटीएममा चासो रहनसक्छ।

गुजरातले डेभिड मिलरमा चासो दिनसक्ने छ। उनी मिडल अर्डर ब्याटिङका लागि उपयोगी हुनसक्ने छन्। साबिक विजेता कोलकत्ता नाइट राइडर्सले रिटेनको ६ खेलाडी पुरा गरिसकेको छ। लखनाउनले मार्कस स्टोनिसलाई मुख्य चासो दिनसक्ने छ। उनको अन्तर्राष्ट्रिय अनुभव समेत उपयोगी हुनसक्ने छ।

पन्जाबले साम कुरानलाई आरटीएम बिडका लागि बढी चासो दिन सक्ने छ। साथमा लियाम स्टोन, आर्सदीप सिंह, रबाडा, हर्सल पटेल र जोनी वारिस्ट अन्य चासो हुन्। रोयल च्यालेन्जर्स बंगलोरुले मोहम्मद सिराज, फाफ डु प्लेसिस, क्यामरुन ग्रिन र विल ज्याक्समा बढी चासो दिनेछ। राजस्थान रोयल्सले रिटेनको ६ खेलाडी पुरा गरी सकेको छ। सनराइजर्स हैदरावादले टी नटराजन र भुवनेश कुमारलाई आरटिएम बिड गर्न सक्ने छ।

चेन्नाइले डेभिड कोन्वे र रविचन्द्र आश्विनमा बढी चासो दिन सक्ने छ। कोन्वे सुरुवाती ब्याटिङ तथा आश्विन बलिङ र तल्लाको क्रममा सहयोगी ब्याट्सम्यानको रूपमा उपयुक्त खेलाडी मानिन्छन्। मुम्बईले ५ खेलाडी रिटेन गरिसकेको छ। अन्य एकको हकमा आरटिएम प्रयोग नगर्ने सम्भावना प्रबल छ।

यस अक्सनमा सबै भन्दा चासो कोलकातामा छ। गत सिजन कोलकाताले शानदार प्रदर्शन गरेको थियो। कोलकातामा आफ्ना प्रमुख ६ खेलाडी टोलीमा समावेश गरिसकेको छ। गत सिजनको आइपिएलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण रिंकु सिंह भारतीय राष्ट्रिय टोलीमा प्रवेश पाउन सफल भइसकेका छन्। अन्य खेलाडी कसरी धेरै जोगाउने भन्ने चासो कलकत्तालाई छ।
स्रोत : क्रिकइन्फो र स्पोर्टिङ न्युज

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ९ : १४ बजे

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

बाँके– लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी

आज देशभरको मैसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार