साना दललाई साइजमा ल्याउन कांग्रेस-एमाले मिल्नुपर्‍यो : शंकर पोखरेल « Khabarhub

साना दललाई साइजमा ल्याउन कांग्रेस-एमाले मिल्नुपर्‍यो : शंकर पोखरेल


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दललाई आफ्नो साइजमा ल्याउन कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् ।

बुधवार पार्टी मुख्यालय च्यासलमा एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनमत गुमाएका दलहरूको सत्तामा हालीमुहाली हुँदा देशमा अस्थिरता निम्तिएर विकासको काम रोकिएको बताए ।

संघीय संसद्मा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुंकार गरेपछि दुई ठूला दलले सहकार्य गरेको उनले प्रष्ट पारेका छन् ।

जनमत गुमाउँदै गएको माओवादीले संसद्‍मा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि कांग्रेस र एमालले सत्ता सहकार्य गर्नुपर्ने परिस्थिति बनेको उनले प्रष्ट पारे ।

पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन संविधान संशोधन गर्ने पनि बताए । ‘हामीले भनेका छौँ–स्थायित्वको आधार खोजी गर्न संविधानको रिभ्यु गर्नेछौँ, कानुनको पुनरावलोकन गर्नेछौँ, संरचनागत सुधार गर्नेछौँ’, पोखरेलले भने ।

नेपालको राजनीतिमा जनमत गुमाएकाले शासन गरेर लोकतन्त्रलाई मजाक बनाउने गरेको पोखरेलले बताए । ‘तपाईंहरूले सुन्न भएको होला एक समय २ सय ७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर, यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुङ्कार पनि सुन्नु भयो’, उनले भने ।

पोखरेलले देश निर्माणको काम युवा विना सम्भव नहुने पनि बताए । राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको उनले स्पष्ट पारे । सामाजिक अराजकताको अन्त्य नगर्ने हो भने देश बर्बादीतर्फ जाने पोखरेलले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १२ : ३५ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले