ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने- राजनीति कठिन रहेछ « Khabarhub

ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने- राजनीति कठिन रहेछ


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति जो बाइडनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार साँझ व्हाइट हाउसमा स्वागत गरेका छन् ।

ट्रम्प व्हाइट हाउस पुग्दा जो बाइडनले उत्साहका साथ हात मिलाएर स्वागत गरे। दुवै नेता शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि सहमत भएका छन् ।

जो बाइडनले भेटको सुरुमा डोनाल्ड ट्रम्पलाई सम्बोधन गरे । ‘चुनावमा जीतका लागि तपाईंलाई बधाई । हामी सत्ताको सहज हस्तान्तरणको आशा गरिरहेका छौँ । हामी तपाईंलाई कुनै पनि किसिमको समस्या नहोस् भन्ने कुरामा सचेत छौँ । हामीबीच सत्ता हस्तान्तरणबारे कुरा गर्ने मौका मिलेको छ । तपाईंले फेरि ह्वाइट हाउसमा स्वागत छ ।’

बाइडनले सम्बोधन गरेपछि ट्रम्पले उनलाई धन्यवाद दिए । ‘धेरै-धेरै धन्यवाद, राजनीति कठिन छ, कयौँ मामिलामा राजनीति धेरै राम्रो छैन । तर आजको विश्व धेरै राम्रो छ । म यसमा तपाईंको प्रशंसा गर्छु। सत्ता हस्तान्तरण सहज हुने विश्वास छ । हामीबीच हरेक कुरामा राम्रो हुनेछ । यस सवालमा म तपाईंको प्रशंसा गर्दछु ।’

यो भेटका क्रममा उपराष्ट्रपति तथा हालै सम्पन्न चुनावमा डोनाल्ड ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस भने यो भेटमा सहभागी थिइनन्।

जो बाइडनले नै व्हाइट हाउसमा भेटका लागि ट्रम्पलाई निम्तो दिएका थिए। तर सन् २०२० मा जो बाइडनसँग हारेपछि डोनाल्ड ट्रम्पले भने उनलाई भेटका लागि बोलाएका थिएनन् ।

यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह पनि बहिष्कार गरेका थिए । सन् २०२० मा चुनाव हारेपछि ट्रम्पका समर्थले नै व्हाइट हाउसनजिक उपद्रो मच्चाएका थिए । तर २० जनवरी २०२५ मा हुन लागेको डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा जो बाइडेन सहभागी हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १२ : ५९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको