ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने- राजनीति कठिन रहेछ « Khabarhub

ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने- राजनीति कठिन रहेछ


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति जो बाइडनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार साँझ व्हाइट हाउसमा स्वागत गरेका छन् ।

ट्रम्प व्हाइट हाउस पुग्दा जो बाइडनले उत्साहका साथ हात मिलाएर स्वागत गरे। दुवै नेता शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि सहमत भएका छन् ।

जो बाइडनले भेटको सुरुमा डोनाल्ड ट्रम्पलाई सम्बोधन गरे । ‘चुनावमा जीतका लागि तपाईंलाई बधाई । हामी सत्ताको सहज हस्तान्तरणको आशा गरिरहेका छौँ । हामी तपाईंलाई कुनै पनि किसिमको समस्या नहोस् भन्ने कुरामा सचेत छौँ । हामीबीच सत्ता हस्तान्तरणबारे कुरा गर्ने मौका मिलेको छ । तपाईंले फेरि ह्वाइट हाउसमा स्वागत छ ।’

बाइडनले सम्बोधन गरेपछि ट्रम्पले उनलाई धन्यवाद दिए । ‘धेरै-धेरै धन्यवाद, राजनीति कठिन छ, कयौँ मामिलामा राजनीति धेरै राम्रो छैन । तर आजको विश्व धेरै राम्रो छ । म यसमा तपाईंको प्रशंसा गर्छु। सत्ता हस्तान्तरण सहज हुने विश्वास छ । हामीबीच हरेक कुरामा राम्रो हुनेछ । यस सवालमा म तपाईंको प्रशंसा गर्दछु ।’

यो भेटका क्रममा उपराष्ट्रपति तथा हालै सम्पन्न चुनावमा डोनाल्ड ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस भने यो भेटमा सहभागी थिइनन्।

जो बाइडनले नै व्हाइट हाउसमा भेटका लागि ट्रम्पलाई निम्तो दिएका थिए। तर सन् २०२० मा जो बाइडनसँग हारेपछि डोनाल्ड ट्रम्पले भने उनलाई भेटका लागि बोलाएका थिएनन् ।

यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह पनि बहिष्कार गरेका थिए । सन् २०२० मा चुनाव हारेपछि ट्रम्पका समर्थले नै व्हाइट हाउसनजिक उपद्रो मच्चाएका थिए । तर २० जनवरी २०२५ मा हुन लागेको डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा जो बाइडेन सहभागी हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १२ : ५९ बजे

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत