नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रूपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए । 

उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे । 

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ ।’, प्रधानमन्त्री ओलीले भने,’यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गर्नुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगवती यादवले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । 

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए । 

भौतिकमन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए । 

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १ : ३९ बजे

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा

पूर्वमहानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक करोड ७१ लाख घुस लिएको अख्तियारको आरोप

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएन) का तत्कालीन महानिर्देशक

हङकङबाट देउवाको सन्देश : लोकतन्त्रमाथि दबाब बढ्दैछ, संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय

काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो

काठमाडौं– आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको

गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ

चितवन- विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडाको चोरी–शिकार गर्ने उद्देश्यले चितवन राष्ट्रिय