‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’ | Khabarhub Khabarhub

‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अहिले नेपाल दूधजन्य पदार्थको उत्पादनमा आत्मनिर्भर बनेको छ । अहिले आन्तरिक उत्पादनबाटै नेपाली बजार धानेको छ ।

नेपाल अहिले दूध, घिउ र बटर उत्पादनमा आत्मनिर्भर बनेको छ । नेपालको कृषि जनगणनाअनुसार कृषकको सङ्ख्या र गाईवस्तु घटे पनि मानिसहरूले उन्नत जातका गाईभैँसी पाल्ने गरेका छन । 

२०७८ को कृषि गणनाअनुसार नेपालमा गाईगोरुको सङ्ख्या मात्रै ४५ लाख ५९ हजार छ । यस्तै, भैँसीराँगाको सङ्ख्या पनि २९ लाख २३ हजार छ । नेपालमा गाईगोरु पाल्ने परिवारको सङ्ख्या नै १७ लाख ८ हजार छ ।

यस्तै, भैँसीराँगा पाल्ने परिवारको सङ्ख्या भने १४ लाख १७ हजार छ । अहिले नेपालमा रहेका डेरीलाई नेपालकै उत्पादनले धान्न सक्ने निजी क्षेत्रका डेरी उद्योगीहरूले बताएका छन् ।

नेपालमा दूध पाउडर प्लान्ट गर्न सक्ने उद्योगहरू सीमित मात्रै रहेका छन् । तर पनि नेपालका लागि आवश्यक व्यवस्थापन गर्नसक्ने क्षमता रहेको निजी उद्योगीहरू बताउँछन् । 

अहिले दैनिक रुपमा नेपालमा ६५ लाख लिटर दूध उत्पादन हुने गरेको छ । जसमा नेपालमा ५७ देखि ६० लाख लिटर दूध खपत हुन्छ ।

नेपालमा उत्पादन भएको दुग्धजन्य पदार्थ कसरी निर्यात गर्न सकिन्छ भन्ने कुरामा सरकारले कुनै ठोस नीति नलिएको डेरी एसोसिएसनले जनाएको छ । नेपालमा उत्पादन हुने दूध एसियाली देशहरूमा सबैभन्दा महँगो हो । 

अन्य देशले नेपालको तुलनामा सयौँ गुणा दूध उत्पादन गर्छन्। तर नेपालमा भने उत्पादन पनि कमी र बाहिरी आयातले धानेको हुँदा उत्पादनमा वृद्धि नभएको उद्योगीहरू बताउँछन्।

सरकारले २०८० साल फागुन ३ गतेबाट आयात बन्द गरेसँगै किसान र डेरी उद्योगीहरू केही तङ्ग्रिन खोजिरहेको उद्योगीहरू बताउँछन् । फेरि सरकारले आयात खुल्ल गर्ने कुरासँगै उद्योगीहरू चिन्तित बनेका छन् । फेरि आयात खुल्ला भयो भने किसान र उद्योगीहरूले मिल्क होलिडे मनाएर बस्नुको विकल्प नरहेको उनीहरू बताउँछन् । 

के भन्छन् निजी डेरी उद्योगीहरू :

चितवन मिल्क-  चितवन मिल्क उद्योग अहिले केही तङ्ग्रिन लागेको छ । यो नेपालको धेरै दूध प्रशोधन गर्ने कम्पनी हो । निजी क्षेत्रको एउटा ठूलो डेरीका रुपमा चितवन मिल्क उद्योगलाई मानिन्छ ।

तर, यसको वित्तीय अवस्था भने दयनीय छ । कोरोना महामारीमा बन्द भएको उद्योग सञ्चालनमा आएको धेरै समय भएको छैन । अहिले दैनिक उद्योगमा १ लाख लिटरसम्म दूध आउने गरेको छ ।

त्यसमा पनि सम्पूर्ण प्रशोधन गरिएको दुग्धजन्य पदार्थ बिक्री वितरण हुँदैन । बाँकी भएको दूधलाई पाउडर बटर जस्ता वस्तु बनाएर स्टोर गरेको हुन्छ । त्यसलाई म्याद गुज्रिने समयसम्म बिक्री वितरण गर्न सकेको छैन ।

 नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूधलाई पनि उद्योगले प्रयोग गर्न नसकेको कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले बताए ।

 ‘अहिले नेपाली किसानले उत्पादन गरेको दूधलाई पनि किसानले दिने क्षमता जति हामीले उपयोग गर्न सकेका छैनौँ । अझ यो दूध बढी हुने सिजन हो । यसमा अहिले अन्य सिजनमा २० केजी उत्पादन गर्ने किसानले यो समयमा ६० लिटर उत्पादन गर्न सक्छ । यस्तो अवस्थामा अहिले आएको धेरै उत्पादनलाई हामीले प्रयोग गर्न गाह्रो नै भइरहेको छ’, उनले भने । 

यो उद्योग केही वर्षयता पूर्ण रुपमै घाटामा छ । यस उद्योगले एक दिनमा १ लाख ५० हजार लिटर दूध प्रशोधन गर्न सक्छ । यसले दुग्ध सहकारी फार्म र अन्य डेरीहरूका दूधलाई प्रशोधन गर्दै आएको छ । उद्योगसँग १०० टन धुलो दूध र १०० टनभन्दा बढी बटर छ ।

धुलो दूध र बटर दूध ल्याउने नै संघसंस्थाडेरीले खरिद गर्छन भने अन्य स्टोरमै छन् । यस्ता स्टोरमा रहेका दुग्धजन्य पदार्थहरूलाई निर्यात गर्न सकिएको छैन । 

अन्य देशकोभन्दा नेपाली दूध पाउडर गुणस्तरीय हुनुका साथै महँगो पनि भएकाले निर्यातमा समस्या भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको भनाइ छ ।

रकारी तहबाट यहाँ हुने दुग्ध क्षेत्रमा लगानी बढाउनुका साथै सिजनअनुसार दूधको मूल्य घटाउने बढाउने गरेमा दुग्ध व्यवसायमा घाटा नहुने उनी बताउँछन् । अहिले बाह्रै महिना दूधको एउटै मूल्य भएका कारणले समस्या भएको उनले गुनासो गरे । 

ग्लोबल डेरी-  कपिलवस्तुको ग्लोबल डेरी उद्योगमा अहिले विभिन्न किसिमका दुग्धजन्य पदार्थ उत्पादन हुन्छन् । यसका लागि उद्योगलाई दैनिक ४० हजार लिटर दूध आवश्यकता पर्दछ । आवश्यक दूध सिधै किसानमार्फत ल्याउने गरेको ग्लोबल डेरीका अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए ।

‘अहिले दूधको सिजन भएकाले अन्य समयमाभन्दा धेरै आउने गरेको छ । तर, त्यसलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ । बढी लिएर पनि बिक्री गर्न सक्ने अवस्था छैन । त्यसैले सबै उपयोग गर्दा बिक्री नहुने र किसानलाई भुक्तानी गर्न समस्या हुने गरेको छैन’, उनले भने । 

यस्तो अवस्थामा सरकारले आयात खुल्ला गरिदिए नेपाली डेरी उद्योगी साथै दूध उत्पादक किसानहरूको अस्तित्व नै हराउने उनको भनाइ छ । नेपाल दूध र बटरजस्ता पदार्थहरूमा आत्मनिर्भर हुन खोजिरहेका बेला आयात खुलाएर भारतीय गुणस्तरहीन पदार्थ सस्तोमा पाइने गरी नेपाल भित्रिए भने नेपाली किसान वा उद्योगीहरूले मिल्क होलिडे मनाएर बस्नुको विकल्प नहुने उनले बताए । 

अहिले उनको उद्योगमा हजार मेट्रिकटन भन्दा बढी स्टोर छ । दूधलाई प्रसोधन गर्ने राम्रो व्यवस्था भएका ठूला कम्पनीहरू नहुँदा पनि डेरी व्यवसायीलाई समस्या भइरहेको उनको भनाइ छ ।

सूर्योदय मिल्क एण्ड बेभरेज : कोशीको विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज प्रालिले विभिन्न प्रकारका दुग्धजन्य पदार्थहरू उत्पादन गर्दै आएको छ । अहिले आयात बन्द भएपछि उद्योगमा धेरै सहज भएको सूर्योदय मिल्क एण्ड बेभरेजका सञ्चालक मनोज यादवले बताएका छन् । 

अहिले आन्तरिक उत्पादन नै धेरै भइरहेका बेला सरकारले आयात खुल्ला गरिदियो भने त लाखौँ किसान पलायन हुने अवस्था आउने उनको भनाइ छ ।

‘अहिले आवश्यक पर्नेभन्दा पनि बढी दूध उत्पादन भइरहेको छ । यस्तो अवस्थामा हामीले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य कुरा हो । किनभने यो सिजन दूध धेरै हुने सिजन हो । अहिले दूधको ओभरफ्लो हुनु पनि सामान्य नै हो’, उनले भने, ‘अहिले हामीले ओभरफ्लो भएको दूधलाई पाउडर र बटर बनाएर स्टोर गरेर राख्न सक्यौँ भने अफ सिजनमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । एक किलो दूध पाउडर बनाउन ११ लिटर दूध चाहिन्छ । यसरी पाउडर बनाएर राख्न सकेमा रुँदै बस्न पर्ने अवस्था आउँदैन,’ उनले भने । 

अहिले सूर्योदय डेरीमा दैनिक  १८ हजार लिटर दुध आउने गरेको छ । यसमा ६० प्रतिशत विभिन्न प्रकारका खानेकुरा बनाएर बिक्री हुने गरेको छ । बाँकी दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाई स्टोर गरिने उनले बताए । 

अहिले उद्योगीहरूले आफ्नो व्यवसाय र निजी स्वार्थलाई मात्रै हेरेका कारण समस्या भएको उनी बताउँछन् । छोटो समयमै धेरै नाफा कमाउने उद्देश्य राखेर काम गर्ने व्यवसायीहरूलाई नेपालीभन्दा भारतीय दूध सस्तो पर्ने भएकाले आयात खुलाउन ठूलो चलखेल भइरहेको उनको बुझाइ छ ।

तर, आयात बन्द गर्ने भन्दैमा नेपालमा उत्पादन नै नहुने कुरालाई बन्द गर्दा अहिले नेपालमै अन्य मल्टिनेशनल कम्पनीहरूले खरिद गर्ने दुग्धजन्य पदार्थको बिक्रीमा रोकावट आएको उनले बताए।

‘हाम्रा नेता कुरा बुझ्दैनन् । पढे-लेखेका छैनन्, अध्ययन गर्न सक्दैनन् । हल्लाको भरमा कुद्ने छन् । हामी के चाहिन्छ । केमा हामी आफैँ निपूर्ण छौँ भन्ने थाहा हुँदैन । किसानले दूध फाले नेपालमै धेरै भयो भनेर सम्पूर्ण दुुग्धजन्य पदार्थ नै आयात बन्द गरे’, उनले भने, ‘यसले गर्दा विभिन्न मल्टिनेशनल कम्पनीले आवश्यक पदार्थ बाहिरबाट ल्याए पनि अरु हाम्रै प्रयोग गरिरहेको कुरा थाहा नपाएर समस्या भएको हो । नत्र हाम्रो डेरी उद्योग र किसान पनि अघि बढ्ने थिए ।’

ब्रिटानिया जस्ता कम्पनीले चीजसहित आयात गरे पनि अन्य पदार्थ नेपाली उद्योगीसँगै लिन्थे । तर अहिले त्यो बन्द भएको उनको भनाइ छ । दूध र घिउ आयात गर्न नदिएर अन्य खुुलाए पनि प्रभाव नपर्ने उनको भनाइ छ । अब पनि सरकारले नेपाली किसानलाई र उद्योगीलाई संरक्षण गर्ने बाटो नखोजे सबैको अवस्था दयनीय बन्ने उनले बताए । 

सुजल डेरी उद्योग-  सुजल डेरीले पनि आयात बन्द गरेपछि आफ्नो व्यवसाय सफल भएको जनाएको छ। एक वर्षअगाडिसम्म भारतीय दुग्धजन्य पदार्थहरूले बजार खाएका थिए ।

त्यहीकारण आफूले उत्पादन गरेका पदार्थहरू बिक्री नहुने र किसानको भुक्तानी गर्न नसक्ने अवस्थामा थियो । तर, अहिले आफ्नो व्यवसायमा सुधारका साथै आन्तरिक उत्पादनले उद्योग राम्ररी चलेको सुजल डेरी उद्योगका कर्पोरेट हेड दशरथ सिलवालले बताएका छन् । 

अहिले नेपालीको आवश्यकता यहीँको उत्पादनले धानेकाले सरकारले आयात खुलाउन नहुने उनले बताएका छन् । बरु निर्यातका लागि विभिन्न बाटो खाेजेर उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । 

अहिले यस उद्योगले दैनिक रुपमा ९० हजार लिटर दूध किन्दै आएको छ । यसमा ६० हजार लिटरसम्म दैनिक बिक्री हुन्छ भने बाँकी ३० हजार लिटर दुधलाई पाउडर बनाएर स्टोर गरिएको छ। 

अब सरकारले दुईदेखि तीन वर्षसम्म आयातलाई नखुलाए दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर हुनुका साथै अन्तराष्ट्रिय कम्पनीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ । दुग्धजन्य पदार्थको १० वर्षको तथ्यांक हेर्ने हो भने दूध उत्पादन शतप्रतिशत बढेको उनले बताए । 

‘अहिले हाम्रो उत्पादन हामीलाई पुुग्ने छ । तर, अब हामीले आवश्यकभन्दा बढी उत्पादन गर्ने वातावरण बन्नुपर्यो जसले फार्महरू बढ्छन् । सरकारले सस्तो ब्याजदरमा कर्जा लगानी गर्नुपर्यो वा किसानको अनुदानको सही उपयोग भए नभएको निगरानी गर्नुपर्यो । उत्पादन बढी भएपछि उद्योग पनि बढ्ने हुँदा लागत घट्छ’, उनले भने, ‘जसले गर्दा हामीलाई निर्यातमा समस्या हुदैन । हामीले अन्य देशको बिक्री लागतमै गुणस्तरीय दुग्धजन्य पदार्थ निर्यात गर्न सक्छौँ, जसले हाम्रो डेरी क्षेत्रले सफलता हासिल गर्दछ ।’

सरकारले किसानबाट उत्पादन हुने दुग्धजन्य पदार्थमा लगानी बढाउनुपर्ने उनी बताउँछन् । कसरी उत्पादन बढाउने भन्ने सोच्न सकेमा गुणस्तरीय दुग्धजन्य पदार्थसहित अन्तराष्ट्रिय बजारमा नेपाली ब्राण्ड स्थापित हुने उनी बताउँछन् । 

निजी डेरी क्षेत्रले अहिले पनि निर्यात गर्न सक्ने भए पनिउत्पादनदेखि प्रशोधनसम्म महँगो हुुने भएकाले निर्यातमा समस्या भएको तर्क उनले गरे । उत्पादन बढेको खण्डमा डेरी उद्योग पनि विस्तार हुने उनको भनाइ छ । 

सीताराम गोकुल मिल्क : सीताराम दुग्ध डेरीका विभिन्न उत्पादनहरू करिब २८ वर्षदेखि नेपाली उपभोक्ताले उपयोग गर्दै आएका छन् । केही वर्षयता विदेशी दुग्धजन्य पदार्थको अत्याधिक आयातले घाटा ब्यहोर्नु परेको थियो। तर सरकारले गत वर्षबाट आयात बन्द गरेपछि केही सहज भएको छ ।

नेपाली उत्पादनभन्दा विदेशी आयात नै सस्तो भइदिँदा मिल्क होलिडे मनाएर बसेको डेरी क्षेत्रमा सुधारको आशा पलाएको छ । वर्षौदेखि भुक्तानी गर्न नसकेका उद्योगले किसानलाई भुक्तानी गरिरहेका छन् ।

तर, सरकारको अस्थिर निणर्यले दुग्धजन्य पदार्थ उत्पादक डेरी क्षेत्र वा किसानलाई मारमा पार्ने सीताराम गोकुल मिल्कका प्रबन्ध निर्देशक सुमित केडियाले बताएका छन् । अहिले सरकारले नेपाली निर्यातलाई असर पर्यो भनेर प्रतिबन्ध लगाएको दुग्धजन्य पदार्थ आयात खुलाउनु एउटा बहाना मात्रै भएको उनले बताएका छन् ।

‘हाम्रो सानो उत्पादनले भारतलाई केही असर गर्दैन । अनि निर्यातमा अवरोध सरकारको बहाना मात्रै हो । लाखौं किसान र हजारौं उद्योगी  नेपाली दुग्धजय पदार्थ ब्रान्डिङ गर्न खोजिरहेका छौँ’, उनले भने, ‘यहाँ भारतबाट दुग्धजन्य पदार्थ आयात गरेर नेपालीलाई गुणस्तरहीन पदार्थ बेच्ने आयातकर्ताको दबाबमा सरकारले बहाना बनाएर लाखौं किसान र उद्योगीलाई बर्बाद पार्न खोजेको छ । त्यो पनि आयातकर्ताको दबाबमा हो ।’

नेपालको सम्पूर्ण क्षेत्र आयातित वस्तुहरूमा मात्रै निर्भर भइरहेका बेला केही क्षेत्रमा आत्मनिर्भर बन्न खोजिरहेको छ । तर त्यसलाई पनि सरकारले मौका नदिने उनको गुनासो छ । अहिले नेपालमा दुग्धजन्य पदार्थबाट बन्ने विभिन्न परिकार उत्पादन भइरहे पनि त्यसलाई अवसर र हौसलाको सट्टा बन्द गराउने नियत राखिएको गुनासो उनले गरे ।

‘हामीलाई आवश्यक दुग्धजन्य पदार्थ जुन नेपालमा बन्दैन । त्यसलाई कसरी उत्पादन गर्ने लागिरहेका छौँ । विभिन्न अध्ययन गरेर अघि बढिरहेका छौँ, सरकारले पनि एकपटक मौका त दिनुपर्‍यो नि । प्रयास नै नगरी नेपालमा उत्पादन हुँदैन आयात गर्नुपर्छ भन्ने कुरा सही होइन’, उनी भन्छन् । 

अन्य देशहरूमा दूध उत्पादन बढाउन किसानदेखि लिएर उद्योगमा ठूलो लगानी गरिएको हुन्छ । तर, नेपालमा उत्पादन मंहगो हुँदा पनि निजी क्षेत्रको पहलमा मात्रै निर्यात बढाउन सम्भव नहुने उनको बुझाइ छ । 

कृषि मन्त्रालयले सहुलियत ऋण उपलब्ध गराउने र डेरी क्षेत्रलाई एउटै नियम लागू गर्नुपर्ने उनी बताउँछन् । ठूला उद्योगमा लगाएको करले पनि ग्राहकसँग पुग्दा महँगो पर्ने उनको भनाइ छ । सरकाले ठूला उद्योगमा मात्रै कर लगाउने र साना डेरीलाई छुट हुनाले अस्वस्थ प्रतिस्पर्धा भइरहेकाले समस्या भएको उनले बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ७ : ५७ बजे

रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले

काठमाडौं–नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन

सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले

आजका समाचार : रावललाई कारबाहीपछि एमालेमा खैलाबैला, रविसँग तीन घण्टा बयान र जापान एयरलाइन्समा साइबर आक्रमण

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं – सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस

कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप

काठमाडौं – नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि