रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू) « Khabarhub

रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू)


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेको विरोधमा रुपन्देहीको बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई बिहीबार पनि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको छ । 

यता रास्वपा भने रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ३ : १९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण