रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू) | Khabarhub Khabarhub

रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू)


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेको विरोधमा रुपन्देहीको बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई बिहीबार पनि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको छ । 

यता रास्वपा भने रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : १९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले