कर्णाली राजमार्ग : कालीकोटका बजारमा बढ्यो व्यापार व्यवसाय « Khabarhub

कर्णाली राजमार्ग : कालीकोटका बजारमा बढ्यो व्यापार व्यवसाय


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ । 

राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरूको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो । 

नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ । खुलालु बजार क्षेत्रमा आर्थिक कारोबार बढेको वडा नं ९ अध्यक्ष प्रदीप बोहराले बताए। उनले भने, ‘यस अघि जितेगडा र लालिघाटबाट सञ्चालन हुँदै आएका सवारिसाधन पछिल्लो समय खुलालुबाट चल्न थालेका छन् ।’

राजमार्ग सञ्चालनमा आएपछि स्थानीयले यातायातका साधन किनेर व्यावसायिक रुपमा आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए। 

कर्णाली राजमार्ग आसपासमा स्थानीयले व्यावसायिक तरकारीखेती गर्न थालेका छन् । विगतमा रोजगारका उपाय नहुँदा भारत जाने चलन थियो । तरकारी बिक्री गर्ने बजारको समस्या नभएपछि तरकारीखेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडिका किसान नरप्रसाद बरालले बताए। 

हाल बजार क्षेत्रमा होटल व्यवसाय र अन्य व्यापारीको सङ्ख्या बढेको  गर्न रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशीचन्द्र बरालले बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ३ : २८ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड