सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त : मुख्यमन्त्री कार्की « Khabarhub

सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त : मुख्यमन्त्री कार्की


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताएका छन्। 

प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा बिहीबार आयोजित मुख्य न्यायाधिवक्ताको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्‌घाटन गर्दै उनले यो शासन व्यवस्था स्थापना भएको १० वर्ष भएकाले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनको बाटो तय गर्नुपर्ने उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउँदा शान्ति सुरक्षा, विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने धारणा राखे । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश संरचनाले पूर्वाधार विकासमा उल्लेखनीय कार्य, बेरुजु कम जस्ता उल्लेख हुनु सुखद भएको बताए। 

उनले संविधान संशोधन गर्दा संविधानका कमीकमजोरी हटाइ निर्वाचनमा राजनीतिक दलले बहुमत प्राप्त गर्ने किसिमले संशोधन गर्नुपर्ने सुझाव दिए।

कोशी प्रदेशका  सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाका मुख्य न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताको सुझावले कानुन निर्माणमा सहयोग पुग्ने जानकारी दिए। उनले कानुन जनस्तरमा पुर्याउन ६३ स्थानीय तहमा अन्तरक्रिया गरेको बताए।

महान्यायाधिवक्ता रमेश बडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रदेशका मुख्य महान्यायाधिवक्ता  नारायण वस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, पूर्व मुख्य न्यायाधिवक्ताद्वय वुद्धिबहादुर कटुवाल, चुडामणि आचार्य र सह न्यायाधिवक्ता निर्मला दाहालले संविधान कार्यान्वयनमा सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रदेश कानुन निर्माणमा देखा परेका समस्या समाधानका सम्बन्धमा छलफल, मुख्य न्यायाधिवक्ताको कार्यालयमा आउने समस्या समाधानका उपाय, सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताका कार्यसम्पादनका अनुभव आदानप्रदान गर्ने सम्मेलनको उद्देश्य छ ।

दुई दिने सम्मेलनमा सात प्रदेशका मुख्य न्यायाधिवक्ता, कार्यालय प्रमुख, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीश, उच्च र जिल्ला वारका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ३१ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना