‘आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ’  « Khabarhub

‘आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ’ 


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

काठमाडौँमा आज लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे। 

उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आईटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए। यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आईटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उनले जानकारी गराए। 

आफ्नै कार्यकालमा काठमाडौँमा आईटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्नेसमेत प्रतिबद्धता जनाए। मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए। 

‘स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, विस्तारै व्यापक बनाउदै लैजान्छौँ’, उनले भने, ‘डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ । यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनावद्ध शैलीमा सूचनाप्रविधिको विकास थालनी गर्दै छौँ ।’

कार्यक्रममा आइटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचनाप्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकालले युवालाई स्वदेशमा टिकाउन प्रोत्साहन आवश्यक भएको बताउँदै यसका लागि औद्योगिक प्रतिष्ठानको सहकार्य जरुरी रहेको बताए। 

चेम्बर अफ कर्मसका सदस्य पङ्कज जलनले नीतिगत सुधार गरेर सरकारले युवालाई स्वदेशमै टिकाउने रणनीति ल्याउन आवश्यक रहेको बताए। ‘डिजिटल पेमेन्ट’मासमेत भ्याट लाग्दा प्रविधि प्रयोगकर्ता हतोत्साही भएको उल्लेख गर्दै उनले भ्याट हटाउन सरकार समक्ष अनुरोध गरे। पूर्वमन्त्री गणेश साहले नेपालमा आइटी हबको सम्भावना प्रशस्त भएको बताउँदै बेरोजगारी समस्या कम गर्न सकिने चर्चा गरे । 

लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य पूरा गर्न डिजिटल पूर्वाधार निर्माण, नीतिगत सुधारसँगै असल शासन आचरण पालना गर्न सुझाव दिए। शुक्रबारसम्म सञ्चालन हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा विभिन्न आइटीसम्बन्धी नवीन कार्य प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ४ : ०१ बजे

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको

मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार