पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको छ : सचेतक परियार « Khabarhub

पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको छ : सचेतक परियार


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका छन् ।

सिंहदरवारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।

आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए। पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको जिकिर गरे । 

कार्यवाहक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ । उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।  

त्यस्तै रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साँधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए । उनले सरकारको रवैयाबिरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रुपमा नै अघि बढाउने जिकिर गरे ।

उनले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उल्लेख गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ४ : ०९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई