सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन हुनुपर्ने बताएका छन् ।

मिडिया लयर्स एशोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कानून नागरिकका लागि बनाइने भएकाले नागरिकतहमा छलफल गरेर उक्त विधेयकलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् । नागरिकलाई दण्डित गर्ने गरि बनाइने कानून उचित नहुने उनले बताए ।

उनले संविधानसँग बाझिएका कानूनहरूलाई पनि संशोधन गर्नुपर्ने धारणा राखे । संविधानमा लेखेका कुराहरुलाई अक्षरस कार्यान्वयन गर्ने गरि कानून बनाउनुपर्नेमा त्यसमा चुकेको उनको भनाइ छ । उनले विश्वका कुनै पनि सरकार निरङ्कुशतातर्फ नै जाने भएकाले त्यसमा कुनै शंका गर्नुनपर्ने जिकिर गरे ।

उनले नेपालमा छिटो छिटो सरकार परिवर्तन हुने भएकाले प्रतिपक्ष वा सत्तापक्ष भन्नेमा धेरै जोड दिन नहुने बताए । 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ५ : ४९ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले