अर्थसंक्षेप : मंसिर १२ सम्म उद्योगलाई महसुल बक्यौता तिर्न प्राधिकरणको आग्रह, १४ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : मंसिर १२ सम्म उद्योगलाई महसुल बक्यौता तिर्न प्राधिकरणको आग्रह, १४ अंकले बढ्यो नेप्से


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका आर्थिक खबरमा अन्योलमा दूधकोशी : मुआब्जा दिन छैन बजेट, धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो, प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’, १४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्बलगायतका समाचारले परमुख सथान पाए ।

हेर्नुहोस् आजका आर्थिक खबरहरु

अन्योलमा दूधकोशी : मुआब्जा दिन छैन बजेट

प्रस्तावित ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण अन्योलमा परेको छ । आयोजना निर्माणपूर्व गर्नुपर्ने पूर्वतयारीका काम अघि बढ्न सकेका छैनन् । जसमध्ये यतिबेला उक्त जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणबापत मुआब्जा वितरणमा समस्या देखिएको छ ।

सरकारले चालू आर्थिक  वर्षको अन्त्यसम्ममा आयोजना निर्माण सुरु गर्ने लक्ष्य राखे पनि मुआब्जा, वित्तीय व्यवस्थापनलगायतका काममा ढिलाइ हुँदा आयोजना अन्योलमा परेको हो । दूधकोशी जलविद्युत् आयोजना निर्माण सुरु गर्नु पूर्व आयोजनास्थलमा जग्गा अधिग्रहण गरी मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

तर, न्यून बजेट छुट्याएका कारणले सम्पूर्ण जग्गाको मुआब्जा वितरण गर्न सकिएको छैन । अर्थात्, आयोजनामा मुआब्जाबापत ५÷६ अर्ब रुपैयाँ बजेट चाहिन्छ । तर, सरकारले चालू आर्थिक वर्ष २०८१÷०८२ को बजेटमार्फत आयोजनामा जग्गाको मुआब्जा वितरण गर्न १ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ ।

मुआब्जाका लागि विनियोजन भएको बजेट कम हुँदा आयोजना निर्माणमा ढिलाइ भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । चालू आवको बजेटमा विशेष प्राथमिकता पाएको उक्त आयोजना निर्माण गर्न मुआब्जा वितरण गर्न बजेट अभाव भएको मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले खबरहबलाई जानकारी दिए ।

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो  

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनुपस्थिति भएका ३ जनालाई पुनः अन्तर्वार्तामा आउन आह्वान गरिएको छ । अध्यक्ष नियुक्त सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दो यस अधि अन्तरवार्तामा उपस्थिति नभएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई आह्वान गरिएको हो ।

उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे सिंहदरबार अर्थ मन्त्रालयमा बोलाएको हो । बोर्ड २०८० पुस २० गतेदेखि अध्यक्ष विहिन छ । नियुक्ति पक्रिया थालिएको लामो समय भए पनि बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सिइओ कृष्णबहादुर कार्की र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी यस अधि बोलाएको अन्तरवार्तामा गएनन् । यसअघि ‘सर्ट लिस्ट’मा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै अन्तरवार्ता दिएका थिए ।

प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’

नेपाल विद्युत प्राधिकरणले आगामी २०८१ मंसिर १२ गतेसम्म उद्योगलाई ट्रंक तथा डेडिकेटेड महसुल बक्यौता तिर्न अनुरोध गरेको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिको बैठकबाट समेत महसुल बक्यौता उठाउने निर्णय भएकाले आगामी मंसिर १२ गतेभित्र सम्पूर्ण महसुल बक्यौता भुक्तानी गर्न अनुरोध गरेको हो।

प्राधिकरणले उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरका आधारमा खपत इनर्जीको महशुल १५ दिन अर्थात् २०८१ मंसिर १२ गतेसम्म भुक्तानी गर्न आग्रह गरेको हो ।

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २२ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब

साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ। बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले बढेको हो ।

आज नेप्से ०.५१ प्रतिशतले बढेर २७४८.७८ विन्दु कायम भएको छ । १० अर्ब ३२ करोड ३ लाख ३१ हजार बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार भएको छ ।

लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो ।

खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

मकवानपुरमा बाढीपहिरोबाट एक अर्ब ६९ लाख बढीको क्षति

हालैको बाढीपहिरोले मकवानपुरमा एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रूपमा र एक सय ८३ घर आंशिक रूपमा क्षति भएका उनले बताए । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उनले बताए ।

बाढीपीडितलाई कर्मचारी महासंघद्वारा सात लाख ७७ हजार सहयोग

नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि सात लाख सतहत्तर हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । महासंघले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरूले चेक हस्तान्तरण गरेका हुन् । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको महत्त्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो ।

सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरूले सहयोग संकलन गरेकोमा धन्यवाद दिए । प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्र मोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए ।

आठ करोडको लागतमा बन्यो त्रिशूलीमा नयाँ पुल

विसं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोड रुपैयाँको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको छ ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ ।

एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको रु आठ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : ५० बजे

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक

कञ्चनपुर– जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा

साउथ हम्टनमाथि जित निकाल्दै लिभरपुलले अग्रता बढायो

काठमाडौं – इङ्लिस प्रिमियर सिपको तालिकामा लिभरपुलले अग्रतालाई अझ फराकिलो

एक लाख पचास हजार क्यूफिट सालको काठ सड्दै

नवलपरासी- पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालकाे काठ

पुत्रवियोगले फेरिएको पूर्णबहादुरको बाटो : तन, मन, धन पुस्तकालयमा समर्पण

धरान – शायद वि.सं. २०५२ मा जस्तो लाग्छ, त्यसबेला धरानमा

आइपिएल: पाँच भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड

जेदाह – इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका