रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ « Khabarhub

रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउबारे सार्वजनिक रुपमा आफ्नो भनाइ राखेका छन् ।

कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादलाई बिहीबार सम्बोधनका क्रममा उनले सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको बताएका छन् ।

रविलाई अनुसन्धानका क्रममा प्रहरीको हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘संसदीय समितिको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो’, उनले भने, ‘दोष र निर्दोषबारेको फैसला अदालतले गर्नेछ ।’

ओ‌लीले सम्बोधनका क्रममा भ्रष्टाचार नगर्न कुरामा आफू प्रष्ट रहेको बताए । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ । भनेको छु’, उनले भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ ।’

उनले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानबारे समीक्षा र मूल्याकंन हुने पनि बताएका छन् ।

ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने उनले बताए ।

कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको पनि ओलीले बताए ।

अब एक वर्ष आठ महिनापछि आफूले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : २१ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले