प्रधानमन्त्रीले आफूलाई गाली गर्नेलाई दिए ‘टुप्पाबाट पलाएहरू’को संज्ञा « Khabarhub

प्रधानमन्त्रीले आफूलाई गाली गर्नेलाई दिए ‘टुप्पाबाट पलाएहरू’को संज्ञा


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले पनि ब्याक गेयरमा फर्काउन नसक्ने बताएका छन् ।

कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादलाई बिहीबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले आफूहरूलाई गाली गर्नेलाई टुप्पाबाट पलाएकाहरूको संज्ञा पनि दिएका छन् ।

‘देश ‘ब्याक गेयर’ लगाएर पछाडि फर्किन सक्दैन’, ओलीले सम्बोधनका क्रममा भने, ‘नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन ।’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतलाई दबाब दिने काम भएको पनि बताएका छन् । रास्वपाले पोखरा र रुपन्देहीमा गरेको प्रदर्शनलाई लिएर उनले यस्तो भनेका हुन् । ‘न्यायालयको कामलाई दबाब र झूठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन’, उनले भने ।

यसअघि रास्वपाले अदालतमा पुगिसकेको मुद्दालाई प्रभावित पार्न प्रदर्शन गरेको भन्दै उक्त पार्टीका नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ । अदालत प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता भएर अब सुनुवाइमा जाँदैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : २८ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज