मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला « Khabarhub

मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इछुगल्ली निवासी ९४ वर्षीया विष्णुकुमारी त्वायना आफ्नै घरमा आज मृत फेला परेकी छिन् ।

आफ्नै घरको चौथो तल्लाको कोठामा एक्लै बस्दै आउनुभएकी उहाँको सुत्ने कोठामा कपडा मुखमा कोचेको र कपडाले दुवै खुट्टा एकै ठाउँमा बाँधिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

घटनाबारे राससलाई जानकारी दिँदै प्रवक्ता न्यौपानेले भने, “घटना शंकास्पद देखियो, त्यसैले विस्तृत अनुसन्धानका लागि केनाइबाट कुकुरसहितको प्रहरी टोली ल्याएर र अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोली र फरेन्सिक ल्याव आउनुभएको चिकित्सकसहितको टोलीले शवको अनुसन्धान गरी मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौँ ।”

उनले हत्या आंशकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको बताउँदै मृतकको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ९ : ५७ बजे

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध