पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब « Khabarhub

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आक्रोशित बनेका छन् । खैबर पख्तुनख्वा प्रान्तमा बालिकालाई शिक्षा दिइने अनौपचारिक विद्यालयका शिक्षकले विगत ८ महिनादेखि तलब पाएका छैनन् ।

यसरी तलब नपाउनेमा २ हजार २ सय वटा बालिकालाई शिक्षा दिने सामुदायिक विद्यालय, ५ सय ४१ वटा आधारभूत शिक्षा केन्द्र र २ सय ७५ वटा मानव अधिकार राष्ट्रिय आयोग अन्तर्गतका विद्यालयका शिक्षकहरु रहेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सरकारले अदक्ष कामदारको न्यूनतम तलब ३६ हजार रुपैयाँ तोकेपनि ती शिक्षकहरुले केबल २१ हजार रुपैयाँ मात्र पाउने गरेका छन् ।

उनीहरुले पाउनुपर्ने तलबको कुल रकम २ अर्ब डलरभन्दा धेरै रहेको डनले उल्लेख गरेको छ । तलब नपाएपछि ऋण तिरेर घरखर्च चलाउनुपरेको पीडित शिक्षकको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : ४० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले