पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब | Khabarhub Khabarhub

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आक्रोशित बनेका छन् । खैबर पख्तुनख्वा प्रान्तमा बालिकालाई शिक्षा दिइने अनौपचारिक विद्यालयका शिक्षकले विगत ८ महिनादेखि तलब पाएका छैनन् ।

यसरी तलब नपाउनेमा २ हजार २ सय वटा बालिकालाई शिक्षा दिने सामुदायिक विद्यालय, ५ सय ४१ वटा आधारभूत शिक्षा केन्द्र र २ सय ७५ वटा मानव अधिकार राष्ट्रिय आयोग अन्तर्गतका विद्यालयका शिक्षकहरु रहेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सरकारले अदक्ष कामदारको न्यूनतम तलब ३६ हजार रुपैयाँ तोकेपनि ती शिक्षकहरुले केबल २१ हजार रुपैयाँ मात्र पाउने गरेका छन् ।

उनीहरुले पाउनुपर्ने तलबको कुल रकम २ अर्ब डलरभन्दा धेरै रहेको डनले उल्लेख गरेको छ । तलब नपाएपछि ऋण तिरेर घरखर्च चलाउनुपरेको पीडित शिक्षकको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : ४० बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार