एनपीएलमा प्लेअफको लडाइँ : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा « Khabarhub

एनपीएलमा प्लेअफको लडाइँ : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्लेअफको अन्तिम लडाइँमा छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पोखरालाई ब्याटिङको निम्तो दिएका छन्। काठमाडौंले सुरुमा बलिङ गर्ने शनिबारको पहिलो खेलमा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले ब्याटिङ गर्दैछ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ। एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ।

दुवै टिमले समान ५ खेल खेलिसकेका छन्। यी टिमको समानता भनेकै चार अंक जोड्दा दुई जित र तीन हार हो। आजको खेल सकिएपछि दुवै टिमले एकएक खेल खेल्न बाँकी हुनेछ। प्लेअफमा पुग्ने सम्भावना दरिलो बनाउन दुवै टिममाथि जित्नैपर्ने दबाब छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अंकसहित तेस्रो स्थानमा छ भने ६ अंक जोडेको चितवन चौथो स्थानमा छ। सुरुवाती खेलमा खराब देखिएको विराटनगर चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

एनपीएल अन्तर्गत शनिबार दिउँसो भने चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ५८ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता