काठमाडौंको तापक्रम २.० डिग्री सेल्सियसमा झर्‍याे « Khabarhub

काठमाडौंको तापक्रम २.० डिग्री सेल्सियसमा झर्‍याे


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको मैसम यस वर्षकै सबैभन्दा न्युन बिन्दुमा झरेको जनाएको छ ।

महासंघका अनुसारमा आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ३.१ डिग्रीमा झरेको तापक्रम बिहीबार ३.९ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ ।

चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने तथा रातको समयमा बादल नलागेका बेला मौसम बढी चिसो हुने गरेको उनको भनाइ छ ।

आज जुम्लामा सबैभन्दा कम माइनस ७.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : १७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस