काठमाडौंको तापक्रम २.० डिग्री सेल्सियसमा झर्‍याे « Khabarhub

काठमाडौंको तापक्रम २.० डिग्री सेल्सियसमा झर्‍याे


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको मैसम यस वर्षकै सबैभन्दा न्युन बिन्दुमा झरेको जनाएको छ ।

महासंघका अनुसारमा आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ३.१ डिग्रीमा झरेको तापक्रम बिहीबार ३.९ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ ।

चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने तथा रातको समयमा बादल नलागेका बेला मौसम बढी चिसो हुने गरेको उनको भनाइ छ ।

आज जुम्लामा सबैभन्दा कम माइनस ७.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको