तनहुँमा ह्विलचियर बास्केटबल प्रतियोगिता हुने « Khabarhub

तनहुँमा ह्विलचियर बास्केटबल प्रतियोगिता हुने


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दमौली – जिल्लामै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए।

उनले भने, ‘समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौ ।’

खेल व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । हाल व्यास नगरपालिकालगायत अन्य स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने विभिन्न प्रकारका खेलकुदका लागि बजेट विनियोजन गर्न लागेको सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : २२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर