राजनीतिक अस्थिरताले अर्थतन्त्रमा समस्या आयो : मन्त्री गुरुङ « Khabarhub

राजनीतिक अस्थिरताले अर्थतन्त्रमा समस्या आयो : मन्त्री गुरुङ


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा एंव सातौँ महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताए।

मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ।’

उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए।

उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने, यो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छ’। मन्त्री गुरुङले आर्थिक संकटको प्रमुख कारण नियमनकारी निकायहरूको कठोर नीतिलाई आरोप लगाउँदै भने,’सहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो।’

यस्तै, नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले पत्रकारहरूको क्षमतावृद्धिका लागि तालिम र छलफलहरूको महत्त्वमा जोड दिएका छन् र यसका लागि आवश्यक सहयोगको अपिल गरे।

 यसैबीच, शारदादेवी–ढुण्डीराज पुरस्कारका दाता रमेशकुमार भट्टराइ र नाफिज–सीबीफीन बैकिङ पत्रकारिता पुरस्कारका दाता सिविफिनका अध्यक्ष उपेन्द्र पौडेलले पत्रकारिताको महत्त्व र वर्तमान अवस्थाबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : ५० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा