संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री  « Khabarhub

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री 


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो’, उनले भने।

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ५३ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता