‘अहिलेको उपलब्धिलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ’ « Khabarhub

‘अहिलेको उपलब्धिलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ’


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा भट्टराईले ठूलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ छ ।

भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने बताए। लडेर बनाएको जनताको संविधान बचाउनका लागि सवै एक हुनुपर्ने उनले बताए।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : ४६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल