काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्य योजनाका साथै कार्य विभाजनका विषयमा छलफल भएको हो ।
स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ । शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ति राइ, गङ्गालाल तुलाधर , चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।
उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेका हुन् । अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् ।
स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने नेकपा एकीकृत समाजवादीको तयारी छ ।
प्रतिक्रिया