एकीकृत समाजवादी बैठक : सदस्यको कार्य विभाजनबारे छलफल | Khabarhub Khabarhub

एकीकृत समाजवादी बैठक : सदस्यको कार्य विभाजनबारे छलफल


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्य योजनाका साथै कार्य विभाजनका विषयमा छलफल भएको हो ।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ । शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ति राइ, गङ्गालाल तुलाधर , चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।

उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेका हुन् ।  अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् ।

 स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने नेकपा एकीकृत समाजवादीको तयारी छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : ५८ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना