दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान « Khabarhub

दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरेको छ । ३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरू र ५४ जना दाफा खिं गुरू हुन् । गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस भएका २५ टोलका एक–एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस हुनुभएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरू, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरू छन् ।

यस्तै, केन्द्रीय मानन्धर सङ्घबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न सङ्घसंस्थाहरूबाट सिफारिस भएका सातजना बाजा गुरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उपप्रमुख डङ्गोलले, परम्परागत वादनमा किशोरी र युवतीको सङ्ख्या बढ्दै गएको बताए । “वादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ । यसबाट जात्रापर्वहरू लैङ्गिकमैत्री बन्दै गएका छन्”, उनले भने, “परम्परागत वाद्य गुरूहरूको यसमा ठूलो भूमिका छ । महिलाहरूलाई प्रोत्साहन गर्न गुरूहरूले नानीहरू, किशोरीहरू र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।”

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाजा गुरूहरूको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । “वादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरूले पनि पेसालाई नियमित गर्न सकेका छैनन् । यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरूहरूको सम्मान कार्यक्रम थालिएको हो,” समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

कार्यक्रममा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । विजेताहरूलाई क्रमशः रू ६ हजार, पाँच हजार र चार हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर