‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा « Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन भइरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २० हलबाट उतार्ने घोषणा निर्माण पक्षले घोषणा गरेको छ ।

मोफसलका हलहरूले निर्माण पक्षलाई फिल्म प्रदर्शनबापत सङ्कलित रकमबारे जानकारी गराए पनि त्यसमा असहमति जनाउँदै निर्माता सेभेन सीज इन्टरटेन्मेन्टले शनिबारदेखि नै ती हलबाट चलचित्र उतार्ने जनाएको हो ।

बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको विना हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दीवास हल, मोरङको विराटचोक हल, इनरुवाको सी.वी. हल, बरहथवाको दीपक हल, द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेष्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली हल, इलामको इलाम हल, महेन्द्रनगरको लभ कुश हल, त्रीमुर्ति हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलबाट फिल्म निकालिने सेभेन सीज इन्टरटेन्मेन्टले जानकारी दिएको हो ।

फिल्म निकाल्दा पर्ने असुविधाप्रति क्षमा माग्दै कम्पनीले दर्शकहरूलाई नजिकैको अर्को हलमा गएर चलचित्र हेरिदिन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : २९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई