हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो « Khabarhub

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ ।

बुधबार जारी गरिएको अघिल्लो भिडियोमा आफन्तहरूले पहिचान गरेका ट्रुपानोभले इजरायलको शासक गठबन्धनका सदस्य सेफार्डी अल्ट्रा–अर्थोडक्स पार्टी सासका नेता आर्यह डेरीसमक्ष आफू र गाजामा रहेका अन्य बन्धकहरूलाई मुक्त गर्न सहयोग गर्न अपिल गरेका थिए ।

सास पार्टीले यहुदी धार्मिक कर्तव्यअनुसार सम्भव भएसम्म बन्धकहरूलाई मुक्त गराउन सहयोग गर्दछ । सेप्टेम्बरमा डेरीले बन्धकहरूलाई फिर्ता ल्याउने कार्यलाई ‘पवित्र कर्तव्य’ भनेर वर्णन गरेका थिए ।

२९ वर्षीय ट्रुपानोभ रूस–इजरायली द्विनागरिक हुन् । उनलाई गाजा सीमामा निर ओज किब्बुत्जबाट उनकी प्रेमिका सापिर कोहेनसँगै अपहरण गरिएको थियो ।

उनका आमा र हजुरआमा पनि अपहृत भएका थिए र नोभेम्बर २०२३ मा एक हप्ताको युद्धविराम र बन्धक–कैदी विनिमयमा मुक्त भएका थिए ।

उनका पिता भिटाली सन् २०२३ को अक्टोबर ७ को आक्रमणमा मारिएका थिए । उक्त आक्रमण इजरायलको इतिहासमै सबैभन्दा घातक थियो । यो इस्लामिक जिहादद्वारा जारी गरिएको ट्रुपानोभको चौथो भिडियो हो।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पछिल्लो क्लिप सार्वजनिक हुनुअघि गरेको टिप्पणीमा ट्रुपानोभ र अर्का बन्धक म्याक्सिम हर्किनको रिहाइको आह्वान गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : ३४ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम