इरानको आणविक संयन्त्रमा राष्ट्र संघका अधिकारी | Khabarhub Khabarhub

इरानको आणविक संयन्त्रमा राष्ट्र संघका अधिकारी


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – तेहरानले आफ्नो महत्वाकांक्षाबारे ‘शङ्का’ सम्बोधन गर्न तयार रहेको बताएपछि संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखले शुक्रबार पश्चिमी चिन्ताको केन्द्रविन्दु बनेका दुईवटा इरानी युरेनियम संवर्धन संयन्त्रको भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमलाई लिएर ‘व्यवहारको सीमा सङ्कुचित हुन थालेको’ चेतावनी दिएपछि इरानको भ्रमण गरेका हुन्‌ ।

ग्रोसीले शुक्रबार मध्य इरानमा नातान्ज र फोर्डो संवर्धन संयन्त्रहरूको भ्रमण गरेका आधिकारिक आइआरएनए (इर्ना) समाचार एजेन्सीले जनाएको छ ।

उनसँग इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरोज कमलभान्डी पनि भएका इर्नाले पोस्ट गरेको तस्बिरले देखाएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा तेहरानसँग कडा रवैया लिने अपेक्षा बढेको छ । यद्यपि उनका टेक अर्बपति सहयोगी एलोन मस्कले संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतलाई भेटेका न्युयोर्क टाइम्सले बिहीबार रिपोर्ट गरेको थियो ।

ट्रम्पको सङ्क्रमण टोली र संयुक्त राष्ट्रसङ्घका लागि इरानको मिसन दुवैले राजदूत सईद इरवानीसँगको भेटको पुष्टि गरेका छैनन् । इरानी मिसनले कुनै टिप्पणी नगरेको बताएको छ ।

ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा तेहरान र प्रमुख शक्तिहरूबीचको सन् २०१५ को ऐतिहासिक आणविक सम्झौता त्याग्दै ‘अधिकतम दबाब’ को नीतिमा आर्थिक प्रतिबन्धहरू पुनः लागू गरेका थिए ।

जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।

आइएइएका अनुसार ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने इरान एक मात्र गैर–आणविक हतियार मुलुक हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ०७ बजे

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै