कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर « Khabarhub

कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा ६.१८ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर ०.२२ प्रतिशतले घटेको हो ।

२० वाणिज्य बैंकले मुद्दती निक्षेपमा मंसिरका लागि औषत ६.१८ प्रतिशत ब्याजदर दिने भएका हुन् । कात्तिकमा पनि व्यक्तिगत मुद्दतीको ब्याजदर औषतमा ०.२१ प्रतिशतले घटेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ०.२ प्रतिशत ब्याजदर बढाउँदा आठ बैंकले स्थिर राखेका छन्, ११ बैंकले घटाएका छन् । साधारण बचत खातातर्फ तीनवटा बैंकले कम ब्याजदर दिनेछन् ।

एकवर्षे व्यक्तिगत मुद्दती खातामा ११ बैंकले दिने ब्याजदर घटेको छ । संस्थागत मुद्दतीतर्फ १२ बैंकले औषतमा तीन प्रतिशतभन्दा बढी ब्याजदर कटौती गर्दै १२ वटा बैंकले ब्याजद घटाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशतले ब्याजदर बढाउँदै ५.८ बाट ६ प्रतिशत पुर्‍याएको छ । नेपाल एसबीआई, नेपाल बैंक लिमिटेड, इन्भेस्टमेन्ट मेगा, सानिमा, सिद्धार्थ, प्रभु, एभरेष्ट र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् ।

मासिक ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, कृषि विकास, कुमारी, लक्ष्मी सनराइज, सिटिजन्स, प्राइम, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनआईसी एसिया र एनएमबी छन् ।

कात्तिक महिनामा सानीमा बैंकले ब्याजदर बढाउँदा १० बैंकले घटाएका थिए । नौ बैंकको ब्याजदर स्थिर थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ०७ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक