कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर « Khabarhub

कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा ६.१८ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर ०.२२ प्रतिशतले घटेको हो ।

२० वाणिज्य बैंकले मुद्दती निक्षेपमा मंसिरका लागि औषत ६.१८ प्रतिशत ब्याजदर दिने भएका हुन् । कात्तिकमा पनि व्यक्तिगत मुद्दतीको ब्याजदर औषतमा ०.२१ प्रतिशतले घटेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ०.२ प्रतिशत ब्याजदर बढाउँदा आठ बैंकले स्थिर राखेका छन्, ११ बैंकले घटाएका छन् । साधारण बचत खातातर्फ तीनवटा बैंकले कम ब्याजदर दिनेछन् ।

एकवर्षे व्यक्तिगत मुद्दती खातामा ११ बैंकले दिने ब्याजदर घटेको छ । संस्थागत मुद्दतीतर्फ १२ बैंकले औषतमा तीन प्रतिशतभन्दा बढी ब्याजदर कटौती गर्दै १२ वटा बैंकले ब्याजद घटाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशतले ब्याजदर बढाउँदै ५.८ बाट ६ प्रतिशत पुर्‍याएको छ । नेपाल एसबीआई, नेपाल बैंक लिमिटेड, इन्भेस्टमेन्ट मेगा, सानिमा, सिद्धार्थ, प्रभु, एभरेष्ट र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् ।

मासिक ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, कृषि विकास, कुमारी, लक्ष्मी सनराइज, सिटिजन्स, प्राइम, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनआईसी एसिया र एनएमबी छन् ।

कात्तिक महिनामा सानीमा बैंकले ब्याजदर बढाउँदा १० बैंकले घटाएका थिए । नौ बैंकको ब्याजदर स्थिर थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ०७ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार