अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु « Khabarhub

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा यो भदौमा १२ करोड २० लाख बढी अमेरिकी डलर बिक्री गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत भदौमा अमेरिकी डलर ४४ करोड बिक्री गरी ५८ अर्ब २६ करोड बराबर भारतीय रुपैयाँ खरिद गरेको थियो ।

यो भदौमा अमेरिकी डलर ५६ करोड २० लाख बिक्री गरी ७५ अर्ब ३९ करोड रुपैयाँ बराबर भारतीय रुपैयाँ खरिद गरिएको केन्द्रीय बैंकले जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भारु खरिद गर्न बेचिएको अमेरिकी डलर १२ करोड २० लाखले बढी हो ।

तरलता व्यवस्थापन गर्न भदौमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट ८३ करोड ४७ लाख खुद अमेरिकी डलर खरिद गरी एक खर्ब ११ अर्ब ९७ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको छ ।

अघिल्लो वर्षको भदौमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी एक खर्ब दुई अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत चार खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरूमार्फत खुद तीन खर्ब ६२
अर्ब ३६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ४८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले