अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु | Khabarhub Khabarhub

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा यो भदौमा १२ करोड २० लाख बढी अमेरिकी डलर बिक्री गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत भदौमा अमेरिकी डलर ४४ करोड बिक्री गरी ५८ अर्ब २६ करोड बराबर भारतीय रुपैयाँ खरिद गरेको थियो ।

यो भदौमा अमेरिकी डलर ५६ करोड २० लाख बिक्री गरी ७५ अर्ब ३९ करोड रुपैयाँ बराबर भारतीय रुपैयाँ खरिद गरिएको केन्द्रीय बैंकले जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भारु खरिद गर्न बेचिएको अमेरिकी डलर १२ करोड २० लाखले बढी हो ।

तरलता व्यवस्थापन गर्न भदौमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट ८३ करोड ४७ लाख खुद अमेरिकी डलर खरिद गरी एक खर्ब ११ अर्ब ९७ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको छ ।

अघिल्लो वर्षको भदौमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी एक खर्ब दुई अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत चार खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरूमार्फत खुद तीन खर्ब ६२
अर्ब ३६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ४८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग