एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद « Khabarhub

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा बिल बिनाको औषधी बरामद गरेको छ ।

बरामद औषधीसहित प्रहरीले बिराटनगर महानगरपालिका – १२ बस्ने २७ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरेको हो । यादवलाई सोमबार बेलुका सात बजे पक्राउ गरे पनि आज दिउँसोमात्र सार्वजनिक गरेको हो ।

यादवको साथबाट प्रहरीले १७ हजार ५०० ट्याब्लेट स्पाज्मो डाइसाइक्लोमाइन औषधी बरामद गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो औषधी विषेशगरी पेट र छातीमा अति गम्भीर दुखाई हुँदा चिकित्सकको अनुमतिबाट मात्र बिरामीले मेडिकल हलबाट किनेर खान पाउँछन्‌ ।

भद्रपुरबाट धरान आउँदै गरेको को १ ख ७४५१ यात्रुवाहक वस चेकजाँच गर्दा जेब्रा झोलामा लुकाएर ल्याएको स्पाज्मो प्रोक्सिभन औषधी बरामद गरेको प्रहरीले जनाएको छ । बिनाबिलको औषधीसहित पक्राउ परेका राकेशकुमार यादवलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध ओसारपसारमा प्रहरीले कडाइ गर्न थालेपछि लागुपदार्थका दुर्व्यसन र कारोबारी गिरोहले केही वर्षयता औषधी पसलमा सहजै प्राप्त गर्न सकिने दुखाई कम गराउने र मानसिक रोग लाग्दा निदानका लागि सेवन गर्ने औषधीहरू प्रयोग गर्न थालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : ५७ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती