माघीको आहार, स्वास्थ्यमा बहार « Khabarhub

माघीको आहार, स्वास्थ्यमा बहार


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज माघे संक्रान्ति। यो पर्वलाई विभिन्न जात तथा समुदायले आ-आफ्नै तरिकाले विशेष रुपमा मनाउने गर्दछन्। दसैँ, तिहारमा माछा-मासु, मिठाइका परिकार भएजस्तै माघे संक्रान्तिमा पनि खाइने विशेष प्रकार परिकार छन्। जसको पोषण र स्वास्थ्यका हिसाबले आफ्नै महत्त्व छ। माघे संक्रान्तिमा विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु र खिचडी खाने प्रचलन छ।

ओम अस्पतालमा कार्यरत पोषणविद् डा. भुपाल बानियाँ जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा यी परिकार खाने प्रचलन रहेको बताउँछन्। तरुल, सखरखण्ड, चाकु, घिउ, तिलको लड्डु र खिचडीले शरीरलाई चाहिने पौष्टिक तत्त्व उपलब्ध गराई शक्ति प्रदान गर्ने उनी बताउँछन्। यद्यपि चाडपर्वका नाममा खानेकुरा खाँदा आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने सल्लाह उनको छ।

तरुल र सखरखण्डमा कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइन्छ। मिनरल्स अर्थात खनिज पदार्थ प्रशस्त मात्रा पाइन्छ।

तरुल र सखरखण्ड
तरुल र सखरखण्ड दुवै यो मौसममा उपलब्ध हुने भएकाले पनि खाने प्रचलन भएको हुनसक्छ। स्वास्थ्यका लागि यी दुवै उत्तम चीज हुन्। तरुल र सखरखण्डमा कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइन्छ। मिनरल्स अर्थात खनिज पदार्थहरु प्रशस्त मात्रा पाइन्छ। यो सँगै फोस्फोरस, पोटासियम र फाइबरको मात्रा पनि धेरै हुन्छ। यसले कब्जियतको समस्या भएकाहरुलाई तरुल र सखरखण्डको सेवनले फाइदा गर्छ।

केही मात्रामा क्याल्सियमको आवश्यकता पनि पूर्ति गर्ने बानियाँले बताए। उनी भन्छन्, ‘तरुल र सखरखण्ड शक्तिको स्रोत हो। यसले जाडोमा शरीरलाई तताउने काम गर्छ। जाडोमा शरीरलाई बढी ऊर्जा खर्च गर्नुपर्ने भएकाले त्यो ऊर्जालाई यी आहारले पूरा गर्छन्।’

‘तरुल र सखरखण्ड शक्तिको स्रोत हो। यसले जाडोमा शरीरलाई तताउने काम गर्छ। जाडोमा शरीरलाई बढी ऊर्जा खर्च गर्नुपर्ने भएकाले त्यो ऊर्जालाई यी आहारले पूरा गर्छन्।’

खिचडी
दाल, चामल, जिरा, ज्वानो, धनियाँ, मेथी लगायत विभिन्न खाद्य पदार्थ मिसाएर बनाएको खिचडी पोषण र स्वास्थ्यको हिसाबले बहुउपयोगी खानेकुरा हो। खिचडीमा कार्बोहाइड्रेड, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस प्रचुर मात्रामा पाइन्छ।

यो एक किसिमको मुलायम खानेकुरा भएकोले पचाउन सजिलो खानेकुरा हो। त्यसैले बिरामी हुँदा पनि खिचडी खाने गरिन्छ। यो आफैंमा शरीरलाई ऊर्जा प्रदान गर्ने पोषक तत्त्वयुक्त हुने भएकोले यसले शरीरमा रोग प्रतिरोधी क्षमता मजबुत बनाउन सहयोग गर्छ। पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक हुन्छ।

चाकु र तिलको लड्डु

माघे संक्रान्तिको दिनमा खाइने अर्को परिकार हो, चाकु। चाकुमा घ्यूसँगै नरिवल, बदाम, तिल र अन्य नट्सहरु राखिन्छ। यी सबैको मिश्रण हुँदा यसमा क्यालोरीको मात्रा अत्याधिक हुन्छ। आइरन सबैभन्दा धेरै हुने र राम्रो स्रोतको रुपमा तिललाई लिइन्छ। त्यसैले यी खानेकुरा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।

धेरै खाँदा बेफाइदा
कुनै पनि कुरा धेरै खाँदा स्वस्थ्यलाई असर गर्छ। कुन चिज कति मात्रामा खाने बुझेर उपयोग गर्नुपर्छ। तरुल, सखरखण्डमा कार्बोहाइड्रेडको मात्रा धेरै हुने भएकाले मधुमेह भएका बिरामीले धेरै खाँदा असर गर्न सक्छ। त्यस्तै चाकु , तिलको लड्डु खाइरहेका छौँ भने यी खानेकुरा अन्य खाद्यान्नको सट्टामा खानुपर्छ। मिर्गैला, मुटु रोग भएकाहरुले भने यी खानेकुराहरु खाँदा चिकित्सकको सल्लाह लिएर मात्रै खानु राम्रो हुने उनी बताउँछन्।

तरुल, सखरखण्डमा कार्बोहाइड्रेडको मात्रा धेरै हुने भएकाले मधुमेह भएका बिरामीले धेरै खाँदा असर गर्न सक्छ।

पोषणविद्को अर्ती
माघी नेपालीहरुको महत्त्वपूर्ण चाड हो। सबै समुदायले आफ्नै तरिकाले मनाउने गर्दछन्। परापुर्वकालदेखि माघीमा खाइने विभिन्न परिकारको पनि आफ्नै महत्त्व छ। यी स्वास्थ्य र वैज्ञानिक हिसाबले पनि स्वस्थबद्र्धक नै छन्। चिसो मौसममा यस्ता खानेकुराले शक्ति प्रदान गर्दछन्। तर कुनै पनि खाना खाँदा धेरै खाँदा स्वास्थ्यलाई हानी पुर्याउन सक्छ। त्यसैले ठिक्क मात्रामा खाऔं। लामो समयदेखि औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले विशेष ध्यान दिऔं र आफ्नो दैनिक खानामा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्निसियम, पोटासियम तथा फस्फोरस प्रचुर मात्रामा पाइने माछा मासु, गेडागुडी र दुधजन्य पदार्थको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ।

फाइल फोटो

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ४२ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा