ताइवानको चुनावी परिणामले चीनलाई धक्का | Khabarhub Khabarhub

ताइवानको चुनावी परिणामले चीनलाई धक्का


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बेइजिङले विलियम लाइलाई खतरनाक पृथकतावादी पनि भनेको थियो। समस्याको कारक पनि नभनेको होइन। तीनै विलियम ताइवानको राष्ट्रपतिमा निर्वाचित हुनु बेइजिङका लागि धक्काको विषय हो।

ताइवानको विवादको विषय नयाँ होइन, चिनियाँ राष्ट्रपति सी चिन फिङ एकीकरणको अनवरत प्रयास नगरेका होइनन्। परन्तु यस वर्ष त्यस विषयले धेरै विवाद निम्त्याएको थियो। ताइवान र चीनको सम्बन्धलाई लिएर संसार नै लगभग शीतयुद्ध कालीन अवस्था जस्तै हुने सम्भावना देखिएको थियो।

पछिल्लो समय चिनियाँ अर्थनीति र विदेश नीति दुवै असफल भएको छ। प्रोपर्टी मार्केटको असफलता मात्र होइन बीआरआई परियोजनामा ऋण उठाउन नसकेपछि आफै समस्यामा फसेकको चीनका लागि अन्तर्राष्ट्रिय परिवेश पनि प्रतिकुल बन्दै आएको छ।

बेइजिङले प्रजातान्त्रिक प्रगतिशील दल (डीपीपी)लाई हराउन सक्दो प्रयास गरेको समाचार पनि प्रकाशमा नआएको होइन। परन्तु ती सबै प्रयास असफल भएका छन्। एकातर्फ सी चिन फिङ शान्तिपूर्वक ताइवानलाई नियन्त्रणमा लिन चाहन्थे अर्कोतर्फ सार्वभौम ताइवानको पक्षमा वकालत गर्ने विलियम राष्ट्रपतिमा निर्वाचित भएका छन्।

एकातर्फ सी चिन फिङ शान्तिपूर्वक ताइवानलाई नियन्त्रणमा लिन चाहन्थे अर्कोतर्फ सार्वभौम ताइवानको पक्षमा वकालत गर्ने विलियम राष्ट्रपतिमा निर्वाचित भएका छन्।

चीनले पछिल्लो महिना ती टापुमा सैन्य तैनाथ गरेर सम्भाव्य युद्धको खतरा पनि देखाएको थियो। डीपीपीले चीनमा आठ वर्ष शासन गरिसकेको छ। सोही दलले तेस्रो पटक शासन सम्हाल्ने भएको छ। जितपछि उनले सम्बोधन गर्दै देश सही बाटोमा गइरहेको पुष्टि भएकाले अन्यत्र हेर्नु आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।

उनले विजय सभालाई सम्बोधन गदै अहिलेसम्म नेतृत्व गरेकी साइ यीङ वेन कार्यकालको निरन्तरताको रूपमा आफ्नो कार्यकाललाई लिन आग्रह गरेका छन्। उनले ताइवान सधैँ स्वतन्त्र भएका कारण स्वतन्त्रताको घोषणा गर्नु आवश्यक नै नभएको ठहर गरेका छन्। यसरी सम्बोधन गरे पनि विलियम वेन भन्दा सार्वभौमिकताको सवालमा बढी दृढ भएको जनाइन्छ।

विलियम र उनको निर्वाचन हाँक्ने हसाइयो बि खीमलाई चीनले खराब व्यवहार नै गरेको थियो। यी दुवैलाई बेइजिङ र हङकङ प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

अमेरिकी आमा र ताइवानी बाबुका छोरा हसाइयो हालै अमेरिकास्थित ताइवानी प्रतिनिधि बनेका छन्। विलियमले ताइवान चीनको अङ्ग भएको कुरा अस्वीकार गरेपछि सन् २०१६ देखि चीन र ताइवानको बिचमा औपचारिक वार्ता हुन सकेको छैन। यो निर्वाचन परिणामले यो सम्भावनालाई अभर पर धकेलेको छ।

विलियम र उनको निर्वाचन हाँक्ने हसाइयो बि खीमलाई चीनले खराब व्यवहार नै गरेको थियो। यी दुवैलाई बेइजिङ र हङकङ प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

दैनिक जसो चिनियाँ सेना र जहाजका कारण अवरोध सिर्जना भएको ताइवान स्ट्रिटको अवस्था अझ तनाव हुन सक्ने पनि जनाइएको छ। अमेरिकी सभामुख नान्सी पोलीसीले सन् २०२२ मा ताइवान भ्रमण गरेपछि चीन अझ क्षुब्ध भएको थियो।

अब चीनले आर्थिक गतिविधिमा संकट आउने गरी ताइवानलाई दुःख दिने सम्भावना पनि बढेको छ। चीनको उत्पादन ताइवानमा जान नदिने, जनशक्तिलाई फिर्ता बोलाउने तथा त्यहाँको उत्पादनलाई पनि चिनियाँ बजारमा प्रवेश गर्न नदिने नीति बेइजिङले लिन सक्ने छ। चीनको सैन्य उपस्थितिलाई डटेर सामना गर्ने साइको नीतिलाई पनि विलियमले अनुसरण गर्ने सम्भावना प्रबल बनेको छ।

विलियमले सैन्य क्षेत्रमा लगानी गर्दै केही उपकरण र संरचनामा जोड दिने बताएका छन्। उनले अमेरिका, जापान र युरोपेली राष्ट्रसँगको सम्बन्ध अझ प्रगाढ बनाउने बताएका छन्। साइको वासिङ्टनसँगको सम्बन्ध अत्यन्त सुमधुर थियो।

पूर्व स्वतन्त्र राजनीतिज्ञको पृष्ठभूमिका विलियमको कार्यकालले अमेरिकालाई थप उत्तेजक पनि बनाउन सक्ने छ। यस अघिका सर्वेक्षणले निर्वाचन अत्यन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि डीपीपी फराकिलो अन्तरले विजयी भएको छ। यस कारण चिनियाँ राष्ट्रपति सी सबै बुझेर पनि तत्कालका लागि चुप रहन बाध्य भएका छन्।

विलियमले सैन्य क्षेत्रमा लगानी गर्दै केही उपकरण र संरचनामा जोड दिने बताएका छन्। उनले अमेरिका, जापान र युरोपेली राष्ट्रसँगको सम्बन्ध अझ प्रगाढ बनाउने बताएका छन्।

एक युवाले यस अघि नै ताइवानीहरू बेइजिङको कुरा नसुन्ने भएका कारण सीलाई शान्त रहन सन्देश दिएको बताउँछन्।

कोमीन्ताङका उम्मेदवार हाउ यो यीको चीनले आक्रमण गर्न सक्ने भन्दै देखाएको डरले एकदमै थोरैलाई मात्र प्रभाव पार्न सक्यो। हाउको जितले ताइवानको बाटो नै पुरै मोडिन सक्थ्यो भने चीन र ताइवान बिचको वार्ता पनि हुन सक्थ्यो।

सन् २०१५ मा सी र कोमिन्ताङ प्रमुख मा यीङ जेउको बिचमा भेट भएको थियो। सन् १९४९ पछि कुनै पनि ताइवानी नेतासँग चिनिया राष्ट्रपतिको त्यो नै पहिलो भेट थियो।

यसले धेरै ताइवानीलाई आक्रोशित बनाएको थियो। टापुमा सैन्य सुरक्षामा संवेदनशील हुन ताइवानीको आग्रह थियो। ताइवानीले चीनको भूमिकालाई साम्राज्यवादी नीतिको संज्ञा समेत दिएको थियो। कोमीन्ताङ सरकार बने अमेरिका लगायत सहयात्रीले छाड्ने र ताइवान अझ कमजोर हुने आशङ्का धेरै ताइवानीमा थियो।

ताइवानले कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ५ प्रतिशत सैन्य क्षेत्रमा खर्चिएको छ। अमेरिका लगायत त्यस क्षेत्रमा रहेका अन्य देश र दक्षिण कोरियाको तुलनामा त्यो अत्यन्त कम हो। यस कारण ताइवानमा चिन्ता नभएको होइन। तथापि युवा मतदाताले कोमिन्ताङको अनुहारमा ताइवान नभई चीन देखे।

ताइवानले कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ५ प्रतिशत सैन्य क्षेत्रमा खर्चिएको छ। अमेरिका लगायत त्यस क्षेत्रमा रहेका अन्य देश र दक्षिण कोरियाको तुलनामा त्यो अत्यन्त कम हो।

पछिल्लो समय ताइवानमा केही समस्या नभएको होइन। मूल्यमा वृद्धि, बेरोजगारी र कम ज्याला दर ताइवानका समस्या बनेका थिए। यस अवस्थामा ती देशका युवामा सार्वभौमिकता पहिलो प्राथमिकताको विषय बनेको हो। विलियमको लागि चुनौती पनि नभएका होइनन्। अन्य देशको निर्वाचनले पनि ताइवानको चुनौती कसरी अगाडी जाने भन्ने भर पर्ने पक्का छ। अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पले जित हात पारेमा त लाइ्रले नयाँ सिराबाट सोच्न पनि जरुरी हुन सक्छ।

ताइवानले सन् १९९६ मा प्रत्यक्ष निर्वाचन अँगाल्न थाले पछि कुनै दलले लगातार तेस्रो पटक जित हात पारेको यो नै पहिलो पटक हो। राष्ट्रपतिमा निर्वाचित भए पनि विलियमका लागि आफ्नै संसद्को भूमिका महत्त्वपूर्ण हुने भएको छ। संसदमा डीपीपीको बहुमत छैन। १ सय १३ सिटको संसदमा डीपीपीले ५१ स्थानमा जित हात पारेको हो।

कुमीन्ताङले ५२ तथा टीपीपीले ८ सिट जितेका छन्। दुई स्थान स्वतन्त्रले जितेका छन्। टीपीपीको भूमिका अब महत्त्वपूर्ण हुने भएको छ। टीपीपीका को वेन जे तेस्रो भए। तथापि उनले पाएको २२ दशमलव ०७ प्रतिशत मतको धेरै अर्थ रहने निश्चित छ।

राष्ट्रपतिमा निर्वाचित भए पनि विलियमका लागि आफ्नै संसद्को भूमिका महत्त्वपूर्ण हुने भएको छ। संसदमा डीपीपीको बहुमत छैन।

पछिल्ला वर्ष चीनका लागि सर्वत्र ओरालो यात्राको वर्ष बनेको छ। देशमा काम गर्नेको तुलनामा प्रौढहरूको सङ्ख्या बढ्दै गएपछि वान चाइल्ड नीति असफल भएको छ। देशको अर्थतन्त्र ओरालो यात्रामा छ। मानव अधिकारको पक्षमा आलोचित बनेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा उसका सहयात्रीलाई धक्का लागेको छ। अन्य देशको निर्वाचन पनि चीनको चाहना भन्दा फरक परिणाम आउनु राष्ट्रपति सीका लागि पक्कै चिन्ता र चासोको विषय हो। स्रोतः बीबीसी, फोकस ताइवान

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : १८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार