बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनहम « Khabarhub

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनहम


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनहमले बराबरी खेलेका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो ।

खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औँ मिनेटमा गोल खाएको थियो । टोटनहमका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए ।

त्यसपछि खेलको ४०औँ मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए । तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनहमका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीपछि टोटनहम २१ खेलबाट ४० अंक जोडेर लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड ३२ अंकसहित सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०९ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया