दूधजन्य पदार्थ खपतका लागि कृषिमन्त्री भुसालको आग्रह | Khabarhub Khabarhub

दूधजन्य पदार्थ खपतका लागि कृषिमन्त्री भुसालको आग्रह


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले सुरक्षाकर्मी, सामुदायिक तथा निजी विद्यालय, सरकारी कार्यालय र विभिन्न संघ/संस्था दूध र दूधजन्य पदार्थ खपतका लागि आग्रह गर्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको १ सय १७औँ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भुसालले सो तयारीबारे जानकारी दिएका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्षसमेत रहेका मन्त्री भुसालले समयमा किसानले भुक्तानी नपाएको र अर्कातिर डीडीसी लगायतका डेरी उद्योगीले दूध र दूधजन्य पदार्थको बिक्री हुन नसकेको बताइरहेका बेला यसको खपतका लागि बजार विस्तारको योजना बनाएरै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘अब स्वदेशी उत्पादन खपतको अभियान चलाउनुपर्छ, दूध र दूधजन्य पदार्थ बिक्रीका लागि बजार विस्तार गरेरै अगाडि बढ्नुपर्छ ।’

बोर्ड बैठकले दूधजन्य पदार्थको खपतका लागि विभिन्न निकायसँग छलफलका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रालयले विभिन्न निकायसँग छलफल गरे पश्चात मन्त्रिपरिषदमा प्रस्ताव लगेर पास गराउने योजना बोर्डको छ ।

राज्यका तीनवटै सुरक्षा निकायमा दूध र दूधजन्य पदार्थ खपत हुन्छ भने विद्यालयहरूमा दिवा खाजामा सरकारले करोडौँ रकम लगानी गरिरहेको छ । यो अनुरोध कार्यान्वयनमा आए दूध र दूधजन्य पदार्थको बजार विस्तार हुने बोर्डको अपेक्षा छ ।

बैठकले दूध र दूधजन्य पदार्थको खपत कसरी बढाउन सकिन्छ, किसानको भुक्तानी कसरी दिने भन्नेबारे डेरी उद्योगी, दुग्ध सहकारी लगायतका निकायले ५ दिन भित्र बोर्डलाई ठोस प्रस्ताव दिनुपर्ने निर्णय गरेको छ ।

यस्तै डेरी उद्योगमा रहेको स्टक मालको परिणाम कति छ, किसानको भुक्तानीका लागि कति रकम चाहिने लगायतबारे पनि सम्बन्धित निकायले स्पष्ट खाका पेश गर्नुपर्ने छ ।

स्पष्ट खाका आएपछि तत्काल किसानको भुक्तानीका लागि सहुलियत ऋणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । सहुलियत ऋण लिएपछि कसरी तिर्न सकिन्छ त्यसको ठोस प्रस्ताव डीडीसी तथा निजी डेरी उद्योगीहरूले पेश गर्नुपर्ने गरी बोर्डमा छलफल भएको छ ।

साथै बैठकमा बोर्डको कार्यविधि तथा कर्मचारी प्रशासन विनियमावली २०४९ संशोधनका लागि गृहकार्य अगाडि बढाउने समेत निर्णय भएको छ । दुग्ध विकास बोर्डको पुनःसंरचनाका लागि समिति बनाएर काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ५९ बजे

झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने

झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार)

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज