मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार « Khabarhub

मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको एक घटन जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा मधेश र लुम्बिनी प्रदेश बाहेक अन्य प्रदेशमा गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा. सीके राउतले आज एक अपिल जारी गर्दै जनमत पार्टीले उम्मेदवार उठाएका ठाउँमा बाहेकका ठाउँमा वर्तमान सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।

तर मधेश र लुम्बिनी प्रदेशबाहेक अन्यमा जनमतको मतदाता रहेका छैनन् । जनमतको यो नैतिक समर्थन मात्र हुनेछ ।

उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीका तर्फबाट मधेशका उम्मेदवार रामशंकर महासेठ र लुम्बिनी प्रदेशका उम्मेदवार बालगोविन्द चौधरी थारूलाई मत दिन आग्रह गरेका छन् ।

राष्ट्रियसभामा सत्ता गठबन्धनले भागबण्डा गरेका १९ सिटमा जनमत पार्टीले पनि एक सिट दाबी गरेको थियो । तर माग सुनुवाइ नभएपछि मधेस र लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवार खडा गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : ५० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच