मधेसमा तिलासक्रायतको उल्लास | Khabarhub Khabarhub

मधेसमा तिलासक्रायतको उल्लास


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशमा आज तिलासक्रायत पर्व उमङ्गका साथ मनाइँदै छ । माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ ।

मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्व छ । हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन् ।

माघ लागेपछि हुस्सु, तुवाँलो हटेर घाम लाग्न थाल्छ । नयाँ परिकार खाने ख्वाउने चलनले यो पर्व उल्लासमय छ ।

पर्वमा घरघरै चिउरा, दही, सख्खर र विभिन्न प्रकारका लाई खाने, खुवाउने परम्पराले यो पर्व आपसी भेटघाट र रमाइलोको अवसर मानिन्छ । पर्वमा मासको दाल, अरवा चामल र घ्यूमा पकाइएको खिचडी खास परिकार मानिन्छ ।

पर्वका लागि बनाइएका परिकार बिहान मकर स्नानपछि ब्राह्मण, पुरोहितलाई दान गरेपछि ग्रह, दशा हट्ने र राम्रा दिन सुरु हुने विश्वास रहिआएको छ ।

माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिन उत्तरायण सुरु हुन्छ । माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्म रहने उत्तरायण अवधिमा दिन लामा र रात छोटा हुने गर्छन् ।

मिथिलामा बसोबास गर्ने आदिवासी थारू समुदायको तिलासक्रायत मुख्य पर्व हो । पश्चिमका थारू समुदायको सिको गर्दै यहाँ पनि यस  पर्वलाई ‘माघी’ भन्न थालिएको छ ।

यसै दिन थारूको नयाँ वर्ष प्रारम्भ हुन्छ । थारू समुदायको मुख्य पर्व हुँदा यसको विशेष तयारी हुने गर्छ । थारू परम्परामा मासुका विभिन्न परिकार खाने खुवाउने चलन छ ।

यसैगरी पर्वते मूलका मगर पनि माघेसङ्क्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउँछन् । मिथिलामा तिलासक्रायत पर्वको सनेस (कोसेली) छोरीचेली, मितमितिनीइष्टमित्रकहाँ पुर्‍याउने पर्व मनाएसँगै केही दिन यो क्रम चल्छ । सख्खर, तील, घ्यूजस्ता परिकार खाने चलन छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : २४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई