ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् । 

बाढीका कारण सयौँ मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ । उनीहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ । शिविरहरूको व्यवस्थापनको लागि सुरक्षाकर्मीलगायतका विपद् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ ।  

शहरका मेयर एडुआर्डो पेसले आपतकालीन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि संकटकालीन अवस्थाको घोषणा गरेका छन्  । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : २७ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका